मनहरीबाट ८ जना जुवाडे पक्राउ

अखबार हब
२०८१ कार्तिक १, बिहीबार १८:५८

हेटौंडा । मकवानपुर प्रहरीले मनहरीबाट गएराति ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६, बुलचोकस्थित जुवाखालबाट प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बिश्वराज खड्काले ८ जनालाई नियन्त्रणमा लिएको बताए ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ४७ को रेशम तामाङ,वर्ष २४ को रविन मोक्तान, ५३ को गोपीलाल मोक्तान,४२ को अशोक राई,वर्ष ४० को कृष्ण थिङ, वर्ष ४० को कृष्ण पाख्रिन, वर्ष ४५ को सन्तोष राई र वर्ष ३३ को विष्णु पाख्रिन रहेका छन् । जुवा खालबाट प्रहरीले नगद ४५ हजार ४ सय ४५ रुपैयाँ सहित १० बुक ताससमेत बरामद गरेको थियो ।

दशैं तिहारको समयमा जुवा तास खेल्नेक्रम पछील्लो समयमा निकै बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*