मकवानपुरका ठुलोकान्छा चेपाङ मृत भेटिए

अखबार हब
२०८१ कार्तिक ५, सोमबार ०८:४३

हेटौंडा । मकवानपुरमा मानिस मृत अवस्थामा फेला परेको छ ।

गत शनिवारबाट सम्पर्क बिहिन भएका मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ का ४६ बर्षिय ठुलोकान्छा चेपाङ आईतबार बिहान मृत अवस्थामा फेला परेको हो ।

चेपाङ स्थानिय गाँउमा घेवामा गई कार्यक्रम पश्चात घर आउने क्रममा सम्पर्क बिहिन भएका थिए । खोज तलाश गर्ने क्रममा फास्टर स्थित कालीखोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए । घटनाको प्रारम्भिक अनुसन्धान तथा मुचुल्का तयार गरि शवलाई हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*