देशभर चक्रवात ‘दाना’को प्रभावः कस्तो रहला आजको मौसम ?

अखबार हब
२०८१ कार्तिक ९, शुक्रबार ०८:२८

काठमाडौं । हाल कोशी र लुम्बिनी प्रदेशका पूर्वी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भेगको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति कोशीलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभावसमेत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*