हेटौंडाबाट खुकुरी देखाई लुटपाट गर्ने २ जना पक्राउ

अखबार हब
२०८१ कार्तिक ११, आईतवार २०:४४

हेटौंडा । खुकुरी देखाई सुनको सिक्री लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

हेटौंडाको राप्ति खोलाको बगरमा धारिलो हतियार खुकुरी देखाई १ तोलाको सिक्री लुटेको आरोपमा हेटौंडा ११ बस्ने वर्ष २० को असमिन चौलगाई र सोही स्थान बस्ने वर्ष २० को अनिस चौलगाईलाई प्रहरी नियन्त्रणमा लिएको हो ।

शनिबार साझ ४:३० बजे हेटौंडा ११ थानाभर्‍याङ स्थित राप्ती खोलाको बगरबाट मकवानपुरको बकैया ४ बस्ने वर्ष २० को मनिष फुँयाल र सोही स्थान बस्ने वर्ष २४ को सुजन पौडेलको १ तोलाको सुनको सिक्री धारिलो हतियार खुकुरी देखाई लुटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्ता अर्यालले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*