उपनिर्वाचनमा होमियो रास्वपाः सातै प्रदेशमा तोकिए ‘कमाण्डर’

अखबार हब
२०८१ कार्तिक २३, शुक्रबार ११:२५

काठमाडौं । संसदको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा होमिएको छ ।

पार्टीले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरुलाई जिम्मेवारी दिनुका साथै प्राइमरी इलेक्सनको कार्यतालिका पनि फाइनल गरेको छ ।

केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा हिजो बसेको बैठकले उपनिर्वाचनका सम्वन्धमा विभिन्न निर्णयहरु लिएको हो । प्रदेशगत रुपमा नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।

जसअनुसार कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले कमान्ड सम्हाल्नेछिन् । मधेसमा डा. चन्दा कार्की, बाग्मतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार कमाण्डर तोकिएका छन् । यस्तै लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदरपश्चिममा विष्णुकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।

पार्टीले प्राइमरी चुनावका माध्यमबाट उम्मेदवारहरु तय गर्ने छ । जसका लागि केन्द्रीय निर्वाचन संयोजन समितिले प्राइमरी निर्वाचनको कार्यतालिका तय गरेको छ ।

आउँदो २२ कात्तिक देखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

कार्यतालीका यसप्रकार छः

उम्मेदवारी आवेदन दिने लिंकः

https://docs.google.com/forms/d/1nww_YmgB-9-65EcZtvxSkf2Tt8F2SSyUJgr3FrZpV00/viewform?ts=672c575d&edit_requested=true

यसमा तपाइको मत

Your email address will not be published.


*