हेटौंडा–१२ मा रास्वपाले आशाबिर बललाई उम्मेद्वार बनाउने
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को उपनिर्वाचनको लागि आशाबिर बललाई उम्मेद्वार बनाउने भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को वडा अध्यक्षका लागि मंसिर १६ मा उपनिर्वाचन हुँदैछ। आइतबार वडा, नगर र जिल्ला कार्यसमितिको सयुक्त बैठकले बललाई वडा अध्यक्षको उम्मेद्वारमा रास्वपा मकवानपुरले अघि सारेको हो ।
‘हेटौंंडा उपमहानगरपालिका वडा नम्बर– १२ मा विभिन्न समाजिक कार्यहरूमा सक्रिय बललाई रास्वापाको उमेद्वार बनाएका छौं । उहाँ सक्षम उमेद्वार हुनुहुुन्छ’ नगर सभापति धुर्वबहादुर विष्टले भने ।
यसैगरि अन्य पार्टि नेकपा एमालेबाट राजेश नगरकोटी, नेपाली काँग्रेसबाट अर्जुन तिवारी, माओवादी केन्द्रबाट रबिन प्रधान, राप्रपाबाट प्रेम लामा ब्लोन र एकीकृत समाजवादीबाट बलराम बल उम्मेद्वार रहेका छन् ।