हेटौंडामा जलवायु वित्त सम्बन्धी जनप्रदर्शनी

अखबार हब
२०८१ मंसिर १, शनिबार २०:१८

हेटौंडा । हेटौंडामा जलवायु वित्त सम्बन्धी जनप्रदर्शनी भएको छ ।

अजरबैजानको बकुमा भइरहेको सिओपी २९ ग्लोबल डे अफ एक्सन २०२४ को अवसरमा शनिबार हेटौंडामा न्यायपूर्ण जलवायु वित्तको ७ बुँदे माग गर्दै जनप्रदर्शन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता तथा आयोजक कमिटीका अलिशा मुलामीको सभाध्यक्षमा प्रदर्सन भएको हो । हेटौंडाका स्वतन्त्र युवाहरूको आयोजनामा भएको प्रदर्शन कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानको प्राङ्गणबाट बिहान ८ बजे हेटौंडा-१०,स्थित वनविज्ञान क्याम्पसबाट बुद्धचोक सम्म सचेतना मूलक र्यालीको आयोजना गरिएको हो ।

जलवायु वित्तलाई ऋणको रूपमा नभएर अनुदानको रूपमा प्रदान गर्नुपर्ने, जलवायु वित्तले समावेशी वित्तीय दृष्टिकोणमा ध्यान दिनुपर्ने, औद्योगिक राष्ट्रहरूले जलवायु वित्तको विद्यमान प्रतिबद्धताहरू बनाउनुपर्ने, सयममै अनुदान र विश्वसनीय हुनुपर्ने, कोषको वितरण पारदर्शी र उत्तरदायी हुनुपर्ने तथा जलवायु वित्तले समुदाय केन्द्रित समाधानलाई प्राथमिकता दिनुपर्ने पिछडिएको वर्ग, आदिवासी समुदाय र विशेष चुनौती भएको व्यक्तिहरूको समस्या सम्बोधन गर्नुपर्ने प्रमुख माग राख्दै जनप्रर्दशनी गरिएको थियो ।

बकुमा उपस्थित विभिन्न राष्ट्रका प्रतिनिधिहरू समक्ष हेटौंडामा आवाज पुर्‍याउने उद्देश्यले विभिन्न उमेर समूहका युवा र विद्यालयको प्रतिनिधिहरु, सरोकारवाला सहभागी भएका थिए ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर तथा कार्यक्रमका प्रमुख अतिथि मीना कुमारी लामाले जलवायु परिवर्तनले हेटौंडामा पारेका प्रभावलाई पालिकाले न्यूनीकरण गर्नका लागि प्रयास गरिरहेको बताए । कोपमा २९ मा नेपाल र विश्वभरीबाट सहभागी हुनुभएको प्रतिनिधिलाई हेटौंडाको आवाज लाई सुनी न्यायोचित पहलकदमी गर्न आग्रह गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष अलिशा मुलामीले हेटौंडामा जस्तै अन्य १६ स्थानको सहरहरुमा जनप्रदर्शनी भएको बताए । उनले हेटौंडामा अजरबैजान को बाकु सहर मा भैरहेको कोप २९ सम्म हेटौंडाको आवाज पुर्याउन र जलवायु न्यायका लागि उठेको आवाज सुनेर उचित सम्बोधन गर्न जनप्रदर्शन गरिएको बताए ।

र्यालीमा करिब २ सय ५० जना भन्दा बढी युवाको सहभागी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*