रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो

अखबार हब
२०८१ मंसिर ९, आईतवार ११:३४

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । कास्की हिरासतमा रहेका उनलाई गत कात्तिक २५ मा थपिएको १३ दिनको म्याद सकिएकोले पुनः अदालत उपस्थित गराइएको हो ।

उनीसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं र रामकुमार खनाललाई पनि अदालतमा उपस्थित गराइएको छ । कात्तिक २ मा पक्राउ परेका लामिछानेमाथि हाल सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका उनलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसनधानका लागि पक्राउ पुर्जी जारी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*