स्रोत नखुलेको ४६ हजार बिदेशी मुद्रासहित ३ जना भारतिय नागरिक पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले स्रोत नखुलेको बिदेशी मुद्रासहित ३ जना भारतिय नागरिक पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक बिश्वराज खड्काको प्रहरी टोलिले हेटौंडा भैंसे सडक खण्ड अन्तर्गत चोकीटोलबाट स्रोत नखुलेको ४६ हजार बिदेशी मुद्रासहित ३ जना भारतिय नागरिकलाई पक्राउ गरेको हो ।
आइतबार रातको ८: ४५ बजेको समयमा काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०७६५ नम्बरको यात्रुबाहक माईक्रो बसमा सवार भई आएका भारतिय नागरिकबाट लुकाइ छिपाई ल्याएको विदेशि मुद्रासहित उनिहरुलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरिक्षक खड्काले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश जिल्ला जालौन बस्ने बर्ष ४० को बिजय सिंग कुशवाह, गोरखपुर बस्ने बर्ष २६ को प्रशान्त पाठक र राजस्थान चितोरगढ बस्ने बर्ष ३२ को राहुल कुमार माण्डावत रहेका छन् । उनीहरुको साथबाट क्रमशः १२ हजार युएस डलर, १४ हजार युरो र २० हजार युएस डरल स्रोत नखुलेको बिदेशि मुद्रा बरामद गरेको हो । उक्त बिदेशि मुद्रा आजको बजार मुल्य अनुसार ६२ लाख ९० हजार ३५ रुपैँया रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आवश्यक कार्वाहरीकोलागि राजश्व अनुसन्धान कार्यालय मिनभवन ललितपुर पठाउने तयारी भईरहेको जनाइएको छ ।