शहरी विकास मन्त्री सिंहले गरे मनहरीको प्रशासकीय भवनको शिलान्यास
हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासकिय भवनको शिलान्यास गरिएको छ ।
शनिबार रजैयामा एक औपचारिक कार्यक्रमको बीच उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले भवनको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भवनको निर्माणको कार्य तोकिएको समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका दिएका छन् । नयाँ प्रशासकीय भवनबाट जनताले स्थानीय सरकारको प्रत्यक्ष अनुभुति गर्ने गरी काम गर्नुपर्नेमा उनको जोड छ ।
गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिंया सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
काठमाडौँको तामाकोशी ढाँचा निर्माण सेवा जे.भी.सँग गाउँपालिकाले ८ करोड २८ लाखमा २०८२ चैत्र ३० गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको हो ।