पानी उद्योग वाणिज्य महासंघको साधारण सभा हेटौंडामा
हेटौंडा । नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा हेटौंडामा हुने भएको छ ।
काठमाडौंमा हिजो र आज भएको उद्योगीहरुको भेलाले माघ १७ गते प्रारम्भिक साधारण सभा हेटौंडामा राख्ने निर्णय गरेको हो । भेलाले साधारण सभाको तयारी गर्न बिक्रम लिम्बु चेमजोङको संयोजकत्वमा १९ सदस्यीय कार्यकारिणी तयारी समिति समेत गठन गरेको छ ।
साधारणसभामा प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका प्रतिनिधिहरूको सहभागी रहने संयोजक बिक्रम लिम्बु चेमजोङले बताए ।
त्यसैगरी समितिका सदस्यहरुमा गोकर्ण सिलवाल, गंगा प्रसाद अगंजा, गोकुल थापा, रविन्द्र मोहन अधिकारी, लिला भण्डारी, मिना दाहाल, भिमसेन खतिवडा, भरत बुढाथोकी, रुपचन्द्र थापा, रोसा श्रेष्ठ, राष्ट्रमान श्रेष्ठ, कैलास भट्ट, दिपक श्रेष्ठ, ध्रुब अधिकारी, बिक्रम मण्डल, रुपचन्द्र नौलाखा, ध्रुब बहादुर गौतम, अमराज लामा रहेका छन् । उक्त समितिको बैठकले भरत लकाई र देव नारायण चौलागाईं रहेको दुई सदस्यीय कानुनी सल्लाहाकार समिति समेत गठन गरेको छ ।