समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष चौलागाईं चौतारीमा फर्किए

अखबार हब
२०८१ माघ १९, शनिबार २३:०७

हेटौंडा । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार सगठन समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाईं प्रेस चौतारी मकवानपुरमा फर्किएका छन् ।

प्रेस चौतारी मकवानपुरको नवौं जिल्ला अधिवेशनमा समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष चौलागाईं प्रेस चौतारी नेपालमा फर्किएका हुन् ।

अध्यक्ष चौलागाईसहितका नेताहरूलाई नेकपा एमालेका सचिव योगेश भट्टराईसहित प्रेस चौतारीका नेताहरूले स्वागत गरेका थिए ।

समाजवादी प्रेस संगठनका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहित केन्द्रका सबै नेता प्रेस चौतारीमा समाहित भएपछि समाजवादी प्रेस संगठनका देशभरका सदस्यहरू प्रेस चौतारीमा फर्किने क्रम जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*