सानोपोखरामा घरको छतबाट खस्दा एकको मृत्यु

अखबार हब
२०८१ फाल्गुन ९, शुक्रबार १४:३९

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा- ५ सानोपोखरामा घरको छतबाट खस्दा एक पुरुषको मृत्यु भएको छ ।

शुक्रवार बिहान हेटौंडा -५ स्थित सानोपोखराका हरी लामिछानेको घरमा केही दिन देखि बस्दै आएका  चितवन कालिका नगरपालिका वडा नम्बर- ६ खोलेशिमल बस्ने अन्दाजी ६० वर्षीय गोबिन्द अधिकारी घरको छतबाट खस्दा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । लामिछाने र मृतक अधिकारी साला भिनाजुको  नाता पर्ने प्रहरीले उल्लेख गरेको छ।

अधिकारी ३ तल्ला छतमा बसीरहेको अबस्थामा अचानक छतबाट भुइमा खसेको प्रहरीले जनाएको छ। गम्भीर घाइते अधिकारीको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको थियो । घटनाको आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*