हेटौंडामा बाटोछेकेर कुटपिट गर्ने चार जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडामा बाटो छेकेर दुईजनालाई कुटपिट गर्ने चारजना पक्राउ गरेको छ ।
प्रहरीले उनिहरु बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दायर गरि अनुसन्धान अघि बढाएको छ ।
फागुन १९ गते हेटौँडा १५ पिपल चौतरा स्थित पुर्व–पश्चिम राजमार्गमा हेटौँडाबाट बिरगंज जाँदै गरेको बा.२१ च ६०७ नंबरको कारलाई दुईवटा मोटरसाईकलामा आएका चारजनाले बाटो छेकेर कार चालक बारा सिमरा २२ का बलराम दोङ र कारमा सबार सोहि स्थानमा महेश साहलाई मरणासन्न हुनेगरि पिटेका थिए ।
मधेश प्रदेश ०२–०३४ प १३७२ नंबर र प्रदेश ०२–०३४ प ४१२९ नंबरको मोटरसाईकलमा आएका बारा सिम्रौनगढ ४ का अजय गिरी, सञ्जय गिरी,शिवमंगल गिरी र रौतहट मौलापुर नगरपालिका वडा नंबर ६ का शिवम् गिरिले मोटरसाईकलबाटब बाटो छेकेर दोङ र साहलाई पिटेका थिए ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।