मनहरीको डम्पिङ साइटमा नवजात शिशुको शव फेला

हेटौंडा । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ स्थित डम्पिङ साइटमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ ।
मंगलबार साँझ करिब ६:२५ बजे डम्पिङ साइटमा नवजात शिशु (छोरी) को शव सालनालसहित फेला परेको हो ।
शिशुको शव करिब एक-दुई दिनअघि मात्रै जन्माएर फालिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
हाल शव कसले फालेको हो भन्ने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।