मकवानपुरगढीका तिमल्सिनाको करेन्ट लागेर मृत्यु

अखबार हब
२०८१ चैत्र २८, शुक्रबार १०:३४

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका -५ सिमलटारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आज (शुक्रबार) बिहान ८:४० बजे करेन्ट लागेर घाइते भएका ५५ बर्षिया भुमिनन्द तिमल्सिनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

तिमल्सिना आफ्नै घर सफा गर्ने क्रममा अचानक करेन्ट लागी घाइते भएको र उपचारको क्रममा बिहान ९:२२ बजे हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए । शव अस्पतालमा रहेको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*