विमानस्थलबाट सुटुक्क निकालियो दुर्गा प्रसाईं

काठमाडौं । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ ।
उनलाई बुद्ध एअरको जहाजमार्फत आज काठमाडौं ल्याइएको हो ।
उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा गाडी भित्रै गएका थिए । त्यसमध्ये डीएसपीको गाडीले सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट उनलाई बाहिर निकालेको छ ।