हेटौंडा २ नम्बर वडाले गर्यो हाम्रो घर बालगृहलाई सहयोग

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर -२ ले हाम्रो घर बालगृहलाई सहयोग गरेको छ । शुक्रबार वडा कार्यालयले बालगृहलाई स्टेसनरी सामग्री सहयोग गरेको हो ।
बालगृहमा आश्रीत बालबालिकाको अध्ययनमा सहयोगको लागि स्टेशनरी सामग्री सहयोग गरिएको वडा अध्यक्ष विष्णु गोपाल महर्जनले बताए ।
वडाध्यक्ष महर्जनले भने “सियान तथा मकवानपुर रिकभरिङ समुहलाई सहयोग गर्यौ । आगामी आर्थिक वर्षबाट कार्यक्रममै राखेर बालगृह लगायतका सामाजिक सस्थालाई सहयोग गर्नेछौ ।”
बालगृहलाई २६ हजार बराबरको सामग्री सहयोग गरिएको वडा सचिव राम प्रसाद गुरागाईले जानकारी दिए । उनका अनुसार यस अघि सियान पुनर्स्थापना केन्द्रलाई खाद्यान्न तथा मकवानपुर रिकभरिङ समुहलाई कुर्सी सहयोग गरिएको छ ।
उक्त बालगृहका उपाध्यक्ष देव कुमारी चापागाईंलाई वडा कार्यालयमा वडाध्यक्ष महर्जन, वडा सदस्य सुरज बर्तौलाले स्टेशनरी हस्तान्तरण गरेका थिए ।
हाम्रो घर बालगृहले २७ जना बालबालिकालाई आश्रय दिदै आएको छ ।