सुपर त्रिशुली जलविद्युत आयोजनामा ७ बाणिज्य बैंकले १२ अर्ब बढी लगानी गर्ने

अखबार हब
२०७७ फाल्गुन १४, शुक्रबार १२:५०

काठमाडौं । सुपर त्रिशूली जलविद्युत आयोजनामा ७ वटा बाणिज्य बैंकहरुले मिलेर १२ अर्ब भन्दा बढी लगानी गर्ने भएका छन् । ब्ल्यू इनर्जी लिमिटेडले निर्माण गर्न लागेको १०० मेगावाटको आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाईमा ७ वटा बैंकहरुले लगानी गर्ने भएका हुन् । नेपाल इन्भेष्टमेन्टको अगुवाईमा कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकले १२ अर्ब १८ करोड ४९ लाख रुपैयाँ ऋण लगानी ऋण लगानी गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आयोजनाको ऋण सम्झौतामा सराफ समूहका कार्यकारी निर्देशक बरुण सराफ र बैंकहरूका प्रतिनीधिहरुबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको गरेका हुन् ।

ब्ल्यू इनर्जी लिमिटेडले निर्माण गर्न लागेको १०० मेगावाटको आयोजना बनाउन १६ अर्ब २४ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । उक्त आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहनेछ । आयोजनामा प्रवद्र्धक कम्पनीले २५ प्रतिशत अर्थात ४ अर्ब ६ करोड १६ लाख रुपैयाँ स्वपुँजी लगानी गर्नेछ ।

स्वदेशी बैंक तथा वित्तीय संस्थाहरुबाटै ऋण लगानी जुटेका एक सय मेगावाटभन्दा माथिका कम आयोजनामध्ये निजी क्षेत्रबाट प्रवद्र्धित सुपर त्रिशूली पनि एक ठूलो आयोजना हो । यसअघि १६० मेगावाटको निजी क्षेत्र प्रवद्र्धित एक आयोजनाले हालै लगानी जुटाएको थियो ।

आयोजना गोरखा र चितवनको दोसाधस्थित त्रिशूली नदीमा छ । आयोजना निर्माणका लागि सिभिल तथा हाइड्रो मेकानिकलतर्फको ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ । सन् २०२१ को नोभेम्बरसम्ममा मुख्य निर्माणको कार्य सुरु गरिने र चार बर्षभित्र पूरा गरिने लक्ष्य राखिएको छ । आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भइसककेको कम्पनीले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published.


*