सुरुभयो काठमाडौंमा मेलम्चीको पानी वितरण, याङग्री र लार्केको पानी २०८१ भित्रै

अखबार हब
२०७७ चैत्र २०, शुक्रबार १६:०८

काठमाडौं । बहप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले भृकुटीमण्डपमा ढुंगेधाराबाट मेलम्चीको पानी वितरण आरम्भ गरेकी हुन् ।

यद्यपी चैत गतेदेखि नै मेलम्चीको पानी भने उपत्यकामा ल्याईसकिएको थियो । हाल काठमाडौं उपत्यकाको चक्रपथ भित्र १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख तिरेशप्रसाद खत्रीले बताए ।

यसैबीच, मेलम्चीको पानी वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले आगामी तीन वर्ष भित्र याङग्री र लार्के नदिको पानी समेत उपत्यका भित्र्याउने घोषणा गरे । उनले २०८१ सम्ममा दुबै नदिबाट दैनिक थप ३४ करोड लिटर पानी उपत्यका भित्र्याउने बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*