प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन

अखबार हब
२०७८ भाद्र १४, सोमबार ११:५०

वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । लामो समयदेखि निमोनियालगायत समस्याबाट ग्रसित भट्टको काठमाडौंको कालिकास्थानस्थित निवासमा ८५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।

त्रिभुवन विश्वविद्यालयमा लामो समय अंग्रेजी विषयको प्राध्यापन गरेका भट्ट नेपाली साहित्यका स्रष्टा, समालोचक र चिन्तकका रूपमा परिचित छन् । उनको जन्म जुम्लाको खलङ्गामा वि.सं.१९९३ असोजमा भएको थियो ।

भट्टका ‘९७ साल’, ‘गुराँस’, ‘साहिँली मैयाँ’ खण्डकाव्य, ‘यमर खय्यामलाई जवाफ’, ‘आमा बोलाउँछिन्’, ‘जोवनकै थुम्कोबाट’लगायत कविता संग्रह प्रकाशित छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*