बागमतीको अर्थ मन्त्रालयमा तीन दर्जन कर्मचारी सरुवाको तयारी
हेटौंडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले तीन दर्जन कर्मचारी सरुवाको तयारी गरेको छ । अहिले मन्त्री नभएको अवस्थामा लेखाका तीन दर्जन कर्मचारी सरुवाको तयारी गरिएको हो ।
बागमती प्रदेशमा तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले राजिनामा दिएपछी अष्टलक्ष्मी नेतृत्वको सरकार वनेको छ । यस सरकारमा दुइजना मात्र मन्त्रीले सपथ लिएका छन् । अरु मन्त्री नियुक्त हुन सकेका छैनन् ।
मन्त्रालय आफैले तयार गरेको कार्यबिधि अनुसार असोज महिनामा मात्र कर्मचारी सरुवा गर्न पाइने छ । तर, मन्त्री नभएको अवस्थामा ३५ जना कर्मचारीको सरुवाका लागि सिफारिस गरेर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाइएको छ । प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालय र मातहतका कार्यालयका ३५ जना कर्मचारीको सरुवा सहमतीका लागि मुख्यमन्त्री कार्यालयमा सिफारिस गरिएको मन्त्रालयका सचिब डण्डुराज घिमीरेले वताउनुभयो ।
कार्यविधि अनुसार सरुवा गर्ने समय अगाबै सरुवा गर्नका लागि प्रमुख सचिबको स्वीकृति लिएर मात्र सरुवा गर्न पाइने भएकाले मन्त्री आउनु अगाबै सरुवा गर्न लागिएको हो । दुइ देखि तीन वर्ष सम्म एकै कार्यालयमा लेखाका कर्मचारी भएकाले उनीहरुको समय सकिएकाले सरुवाको सिफारिस गरेर पठाइएको सचिब घिमिरेले वताउनुभयो । सरुवा गर्नुपर्ने कर्मचारी करिब एक हजार जना भएपनि अहिले भने थोरै कर्मचारीको मात्र सरुवा गर्न लागिएको उहाँले वताउनुभयो ।