कान्छी मन्त्री रचना खड्का : स्कुले राजनीतिदेखि प्रदेश अर्थमन्त्रीसम्मको यात्रा

अखबार हब
२०७८ भाद्र २५, शुक्रबार १७:५९

मकवानपुर । समाज परिवर्तनमा महिलाको भूमिका पुरुषको भन्दा कयौं गुणा बढी हुन्छ । किनभने एउटा शिशुको पहिलो स्कूल एउटी नारीका काख हुन्छ । एउटा शिशुको भविष्य आफ्नी आमाको काखमै लेखिन्छ । असल व्यवहार र सु–संस्कार सिकेका बालबालिकाले विश्वको नेतृत्व गर्ने हैसियत आर्जन गर्छन् ।

बाल्याअवस्था देखि नै राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने सोच बोकेकी बालिका भविष्यमा जनताको सेवक बन्छिन्, राष्ट्र निर्माण गर्छिन् । र, समता र समानतामूलक समाज निर्माण गर्न सफल पनि हुन्छिन् ।

हो, नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का पनि नेपाली राजनीतिकी उदीयमान योद्धा हुन्, जसले राष्ट्र निर्माणलाई आफ्नो सपना बनाएर निरन्तर अघि बढिरहेकी छिन् दोलखाकी रचना खड्का मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गरेको मन्त्रिपरिषद्मा सबैभन्दा कान्छी मन्त्री बनेकी छन् । प्रदेशको आन्तरिक मामिला तथा अर्थ मन्त्रालयको जिम्मा सम्हालेकी रचना खड्का भर्खर ३६ वर्षकी भईन् । ०४१ साल असार ५ गते दोलखामा जन्मिएकी खड्काको राजनीतिक यात्रा ०५५ सालबाट सुरु भएको हो ।

अनुरास्ववियुको प्रारम्भिक कमिटीको सदस्यबाट राजनीतिक यात्रा शुरु गरेकी उनि नेकपा एमालेको ९ औँ महाधिवेशनबाट वैकल्पिक केन्द्रिय सदस्यमा निर्वाचित भएकि थिइन् । ०७४ को प्रदेश सभाको निर्वाचनपछि वाग्मती प्रदेशको प्रदेश सभामा सदस्य भएकी हुन् । उनले छोटो समयमानै ठुलो राजनीतिक फड्को मार्न सफल भएकी छन् ।

०५५ सालबाट अनेरास्ववीयुको प्रारम्भिक कमिटीको सदस्य भएकी खड्का सोही वर्ष उक्त कमिटीको उपाध्यक्ष भइन् । ०५६ सालमा प्राक अध्यक्ष भएकी उनी सोही वर्ष अनेरास्ववियुको जिल्ला सदस्यमा निर्वाचित भइन् ।

०५७ सालमा अनेरास्ववियु जिल्ला कमिटीको सचिव भएकी उनले ०५९ सालमा अनेरास्ववियुको जिल्ला नेतृत्व सम्हालिन् । अनेरास्ववियुको १६औं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भइन् ।

१७औं राष्ट्रिय सम्मेलनबाट अखिलको केन्द्रीय सदस्यमा निर्वाचित भएकी रचना १८औं र १९औं सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित हुँदै सम्पर्क र प्रचार विभाग प्रमुख विभागको जिम्मेवारी निर्वाह गरिन् ।

जनकपुरमा सम्पन्न अनेरास्ववीयुको २०औं राष्ट्रिय सम्मेलनबाट सचिव पदमा निर्वाचित खड्का त्यसपछिको राष्ट्रिय सम्मेलनमा महासचिव पदमा पराजित भइन् । त्यसपछि पार्टी राजनीतिमा प्रवेश गरेकी खड्का एमालेको ९ औं महाधिवेशनमा कान्छि वैकल्पिक केन्द्रीय सदस्यमा विजयी भइन् ।

एमाले भित्र अन्तरसंघर्ष चलिरहेको वेला माधव नेपाल समूहको बागमती प्रदेश कमिटी सचिवको हैसियतमा काम गरेकी उनी पार्टी औपचारिक विभाजनमा आइपुग्दा मूलघरमै बसिन् ।

मुख्यमन्त्री शाक्यसँगै एमालेमा रहेकी रचना प्रदेशसभा सदस्यमा निवार्चित भएपछि पहिलोपटक मन्त्री बनेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*