पार्टी विभाजनको पक्षमा नलाग्ने भन्दै, इटहरी नेकपा एसका उपाध्यक्षले गरे पद अस्वीकार

अखबार हब
२०७८ भाद्र २६, शनिबार १६:४०

मोरङ । एक हप्ता अगाडि निर्माण भएको इटहरी उपमहानगरपालिकाको नेकपा एसका उपाध्यक्ष दीपक गौतमले पद अस्वीकार गरेका छन ।

एमाले–माओवादी एकतापछि बनेको नेकपाको इटहरी वडा नम्बर ४ का अध्यक्ष रहेका गौतमलाई नेकपा एस इटहरीका नेता तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव केशव विस्टको प्रस्तावमा उपाध्यक्ष तोकिएको थियो । गौतमले भने पार्टी विभाजनको पक्षमा नलाग्ने भन्दै उपाध्यक्ष पद स्वीकार्य नभएको विज्ञप्ति जारी गरेका छन् ।

उनले विज्ञप्तिमा लेखेका छन्– विगतदेखि नै नेकपा एमालेमा आवद्ध भइ आएको सबैमा अवगतै छ । केही दिन अघिदेखि उत्पन्न पार्टीभित्रको राजनीतिक घटनाक्रमले निस्ठा र इमानदार कार्यकर्ताहरुको भावनाविपरीत पार्टी गुट–फुट हुँदै विभाजनसम्म पुगेकाले म कुनै पनि विभाजनमा नलाग्ने जानकारी गराउँछु ।

इटहरीमा एमालेबाट निर्वाचित मेयर र उपमेयरसहित ६१ जना जनप्रतिनिधिमा दुई जनप्रतिनिधिले मात्रै नेकपा एस रोजेका छन् । नेकपा एस रोज्नेहरुमा मनोनित कार्यपालिका सदस्य गौरीमान परियार र वडा २ का सदस्य सन्तोष राइ छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*