हेटौंँडाका मेयर आफै तातेपछि हुप्राचौरको सरसफाई

अखबार हब
२०७८ आश्विन २, शनिबार १६:५२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका मेयर हरि बहादुर महतको नेतृत्वमा आज शनिबार हेटौंडा ४ स्थित लोकतान्त्रिक चौर (हुप्रचौर) क्षेत्र सरसफाई गरिएको छ ।

वर्षायामका कारण झार उम्रिएर फोहोर समेत बनेको हुप्रचौर क्षेत्रको सरसफाई गरिएको हो । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको नेतृत्वमा एक सय ५० जनाको टोलिले आज हुप्रचौर क्षेत्रमा सरसफाई गरिएको हो ।

महिनौ देखि विभिन्न खालका झार उम्रिएर फोहोर वनेको हुप्रचौर क्षेत्रमा जनपथ प्रहरी, उपमहानगरपालिकाको नगर प्रहरी, खेलप्रेमी युवाहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतकाको सहभागितामा सरसफाई गरिएको मेयर महतले बताए ।

मेसिनका माध्यमले झार काट्ने, फाड्ने, फोहोर टिप्ने लगायतका काम गरिएको थियो । यो अभियानलाई अब निरन्तर रुपमा सञ्चालन गरिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*