एमालेको विरोधकै बीच आर्थिक विधेयक पारित

अखबार हब
२०७८ आश्विन ७, बिहीबार १६:०७

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधकै बीच आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित भएको छ। दुवै ऐनमाथि विरोधकै बीच दफावार छलफल गरिएको थियो। छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्रै भाग लिएका थिए।

सुवालले आफ्ना धारणा राखेलगत्तै अर्थमन्त्री जनार्दन शर्माले त्यसको जवाफ दिएर निर्णायार्थ प्रस्तुत गरिएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले बहुमतका आधारमा आर्थिक विधेयक पारित भएको बताएका हुन्।

यसअघि असोज ४ गते विरोधकै बीच प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०७८/०७९को बजेट (विनियोजन विधेयक) पारित गरिएको थियो।

बिहीबार राष्ट्रिय सभाले विनियोजन विधेयक पारित गरेर सन्देशसहित प्रतिनिधि सभामा फिर्ता पठाएको थियो। गत भदौ २५ गते अर्थमन्त्री शर्माले यी विधेयकहरु संसद्‌मा प्रस्तुत गरेका थिए।

प्रतिनिधि सभाको अर्को बैठक असोज ११ गते सोमबार दिउँसो २ बजे बस्नेगरी स्थगित गरिएको छ

यसमा तपाइको मत

Your email address will not be published.


*