अर्थ समाचार
थामिएन सेयर बजारको गिरावट
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ को बिन्दुमा झरेको छ । सोमबार परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको...
सुनको मूल्य ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनचाँदीको भाउ बढेको जानकारी दिएको हो । महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ...
हेटौंडामा थप एक मिनि रंगशाला निमार्ण गर्न ८० लाख बजेट
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा थप एक मिनि रंगशाला निमार्ण गरिने भएको छ । खेल क्षेत्रको विकासका लागि नगरमा थप एक मिनि रंगशाला तथा फुटसल निमार्ण कार्य प्रारम्भ गरिने भएको हो । आइतवार नगरको ११ औं नगरसभामा आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपमेयर...
हेटौंडा बजेट : फुटपाथ व्यवसायीलाई करको दायरामा ल्याइने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले कृषि उपज बाहेकका फुटपाथ, साईकल, ठेला तथा घुम्ती व्यवसायीहरुलाई करको दायरामा ल्याइने भएको छ । आइतवार नगरको ११ औं नगरसभामा आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपमेयर राजेश बानियाले नगरमा रहेका कृषि उपज बाहेकका फुटपाथ, साईकल, ठेला तथा घुम्ती...
हेटौंडा बजेट : एकीकृत बसपार्क निर्माण गर्न १५ करोड
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नेकपा एमालेले बहिष्कार गरेपश्चात् असार १० गते बजेट ल्याउन नसकेको उपमहानगरले आइतबार ११ औं नगरसभाको दोस्रो बैठकमा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । प्रस्तुत...
भीमफेदी गाउँपालिकाको यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनीक गरिएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा शुक्रबार आयोजित नवौं गाउँसभामा उपाध्यक्ष राजिव श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पेश गरेका हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको वास्तविक आर्थिक, भौगोलीक...
हेर्नुहोस् थाहा नगरपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । नगर प्रमुख विष्णु विष्ट आदर्शको सभाध्यक्षतामा भएको एघारौँ नगरसभामा उप–मेयर भरत गोपालीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । थाहाले सडक, यातायात तथा पूर्वाधार निर्माण, खानेपानी, कृषि पशुपन्छि तथा सहकारी,...
बजेट ल्याउँदै मकवानपुरका स्थानीय तह, कुन पालिकाको बजेट कति ?
मकवानपुर । मकवानपुरका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउँदै छन् । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकासहित ८ वटा गाउँपालिकाले शुक्रबार (आज)बजेट ल्याउन लागेका हुन् । अधिकांश स्थानीय तहले बिहीवार नै बजेटको तयारी सकाएका छन् । पालिकाहरुले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि...
११ महिनामा १७ खर्ब ६३ अर्बको आयात, व्यापार घाटा १६ खर्ब नजिक
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ११ औं महिना (साउन–जेठ)सम्म वैदेशिक व्यापार २० खर्ब नजिक पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म १९ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गतवर्ष यसै अवधिको तुलनामा २९।५ प्रतिशत बढी हो...
हेटौंडा उपमहानगरका वडामा थपियो ५ करोड ७० लाख बजेट
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेटमा १९ वटै वडाले पाउने रकम बढाउने भएको छ । आगामी आव २०७९/०८० मा १९ वडामा पाँच वर्षदेखि तोकिएको सिलिङभन्दा ५ करोड ७० लाख रुपियाँ थपिने भएको हो । चालु आर्थिक वर्षमा वडा तहमा तोकिएको सिलिङमा बजेटले विकास निर्माणको...