अर्थ समाचार

१० हजार युवालाई रोजगारी दिन मुख्यमन्त्री रोजगार कार्यक्रम

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी वर्ष १० हजार युवालाई रोजगारमूलक सीप सिकाएर स्वरोजगार बनाउने कार्यक्रम अघि सारेको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै १० हजार युवाहरूलाई स्वरोजगार बनाउने योजनासहित मुख्यमन्त्री सीप विकास तथा रोजगार कार्यक्रम ल्याइएको...

कार्यकर्ता पोस्ने बागमती सरकारको आगामी बजेट

मकवानपुर । बागमती सरकारले नजिकिँदै गरेको प्रदेश र संघीय चुनाव लक्षित गरेर कार्यकर्ता पोस्ने गरी समेत बजेट विनियोजन गरेको छ । सरकारले प्रदेशभित्रका केही वडा छनोट गरी नमुना वडा समाजवादी कार्यक्रम लागू गर्न २५ करोड रुपैयाँ विनियोजन गरेको हो । देशभर भ्युटावर निर्माणको विरोध भइरहेको अवस्थामा सरकारले बजेट व्यक्तव्यमार्फत हिल स्टेसन...

लुम्बिनीको बजेट ४२ अर्ब ६३ करोड ५७ लाख (पूर्णपाठ)

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ । कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबारको प्रदेश सभा वैठकमा उक्त वजेट सार्वजनिक गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटमध्ये...

गण्डकीको बजेट ३५ अर्ब ९० करोड (पूर्णपाठ)

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट बुधबार प्रदेशसभामा पेश गरेका हुन् । चालु आर्थिक...

प्रदेश १ ले ल्यायो ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट (पूर्णपाठ)

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशको योजनाका लागि प्रदेश...

मधेश सरकारको बजेट ४६ अर्ब ८८ करोड (पूर्णपाठ)

जनकपुरधाम । मधेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गरेका छन् । उनले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पूँजीगततर्फ २५ अर्ब...

बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड (पूर्णपाठ)

मकवानपुर। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको...

सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले वृद्धि

काठमाडौं । सुनको मूल्य आइतबार एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा आइतबार तोलामा १ हजार ५०० रुपयाँले बढेर ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।...

कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुल विदेशी विनियम सञ्चिति १८ प्रतिशतले घटेको बताएको छ । ‘२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको छ,’ राष्ट्र बैंकले आज...

दश महिनामा सरकारको खर्च ९ खर्ब ८ अर्ब

काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बैशाख मसान्तसम्ममा ९ खर्ब ८ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा सो रकम खर्च गरेको हो । यस अवधिमा चालुतर्फ ७ खर्ब १६ अर्ब ८७ करोड रुपैयाँ, पुँजीगततर्फ...