अर्थ समाचार
सेनेटरी प्याड आयातमा ९० प्रतिशत छूट
काठमाडौं । सरकारले स्यानिटरी प्याडको आयातमा भारी मात्रामा भन्सार कटौती गरेको छ । आइतबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जर्नादन शर्माले यस्तो भन्सार शुल्क ९० प्रतिशतले घटाइएको जानकारी दिए । चालु आर्थिक वर्षसम्म महिलाहरु महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटरी प्याड आयातमा १५ प्रतिशत भन्सार महशुल लाग्दै आएको थियो...
सबै घरधुरीलाई विद्युतीय चुलो
काठमाडौँ । सरकारले सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै स्थानीय तहमार्फत् एक घर, एक विद्युतीय चुलो अनुदान वितरण गर्ने अभियान चलाइने बताए । उनले धुवामुक्त भान्साअन्तर्गत सुधारिएको चुलो वितरण गर्ने कार्यक्रमलाई समेत निरन्तरता दिइने...
किसानले लिएका ऋण मिनाहा गरिने
काठमाडौँ । सरकारले २०४९ अघि सञ्चालनमा रहेका साझा संस्थाहरुबाट किसानहरुले लिएको ऋण मिनाहा गर्ने भएको छ । आर्थिक वर्ष ०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त संस्थाबाट ऋण लिएका किसानहरुको ऋण मिनाहा गरी धितो रहेका जग्गाको रोक्का फुकुवा गरिने बताएका छन् यस्तै उनले भूमिहीन दलित, सुकुम्बासी, राउटे,...
प्रदेश कार्यालयबाटै सवारी लाइसेन्स
काठमाडौँ । सरकारले आवेदन भरेको एक महिनामै परीक्षा लिने भएको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आवेदन भरेको एक महिनामै परीक्षा लिने व्यवस्था गरिने जानकारी दिएका हुन् । साथै सवारी चालक अनुमतिपत्र...
वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा लगानी सुनिश्चित गरिने
काठमाडौं । वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई धितोपत्र बजारमा लगानी गर्न आईपीओमा १० प्रतिशत लगानी सुनिश्चित गरिने भएको छ । आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई धितोपत्र बजारमा लगानी गर्न आईपीओमा १० प्रतिशत लगानी सुनिश्चित...
‘स्टार्टअप’ का लागि २६ करोड रकम विनियोजन
काठमाडौँ । सरकारले देशका सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापनाका लागि २६ करोड रुपैयाँ विनियोजन गरेको छ । नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई सहयोग गर्न भेन्चर क्यापिटलमार्फत बिउ पुँजी प्रदान गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्टार्टअप व्यवसायलाई चौतर्फी सहयोग गर्ने बताएका...
चितवनलाई काठमाडौं, बुटवल र पोखरासँग जोड्ने ३ द्रुतमार्ग बनाउने सरकारको घोषणा
काठमाडौं । सरकारले चितवनलाई केन्द्रमा राखेर ३ द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं र चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ– चितवन द्रुतमार्ग घोषणा गरे । यस्तै निजी क्षेत्रमार्फत चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउन...
२५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण भत्ता
काठमाडौं । सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको छ । सरकारले विकट र विपन्न व्यक्तिको बाहुल्यता रहेका जिल्लमा यस्तो सुविधा दिएको हो ।
बजेटमा समेटियो निजगढ विमानस्थल
काठमाडौं । सरकारले निजगढ विमानस्थललाई बजेटमा समेटेको छ । अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् । गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा समेत अर्थमन्त्रीले गरे । त्रिभुवन विमानस्थको चाप व्यवस्थित गर्न र...
विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन, अब २ करोडसम्म झर्ने
काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । अहिले यस्तो सीमा ५ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रु. १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था समेत मिलाएको जानकारी दिए । उनका अनुसार...