अर्थ समाचार

अर्थतन्त्रमा सेयर बजारको महत्त्वपूर्ण भूमिका छः नगर प्रमुख बिष्ट

मकवानपुर । थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले नेपालको अर्थतन्त्रमा शेयर बजारको महत्त्वपूर्ण भूमिका रहेको बताए छन् । शनिबार थाहा नगरको जेसीज हलमा भएको एकदिने सेयर सम्बन्धी तालिमको प्रमुख अतिथि रहेका बिष्टले नेपालमा शेयर बजार महत्व दिन प्रतिदिन बढ्दै गएको बताएका हन् । लियो क्लब अफ पिस थाहानगरको आयोजनामा भएको...

आठ वर्षदेखि अलपत्र मयुरधाम ‌औद्योगिक क्षेत्र

मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रको विकल्पको रुपमा हेटौंडा –१४ स्थित मयुरधापमा शिलान्यास गरिएको ‘मयुरधाप औद्योगिक क्षेत्र’ निर्माणको काम आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सातै प्रदेशमा एक–एक वटा औद्योगिक क्षेत्र निर्माण गर्ने योजनासहित २०७३ मा औद्योगिक क्षेत्र घोषणा भएअनुसार शिलन्यास...

थाहा नगरमा सेयर अभिमुखिकरण तालिमको तयारी पुरा

थाहा । लियो क्लब अफ पिस थाहानगरको आयोजनामा भाद्र २२ गते सञ्चालन हुने १ दिने सेयर अभिमुखिकरण तालिमको तयारी पुरा भएको छ । शनिवार थाहा नगरको जेसीज हलमा हुने तालिमाको लागि नाम दर्ता गर्ने क्रम रहेको क्लवका सचिव अजय कार्कीले बताए । सचिव कार्कीले तालिममा १ सय जनालाई सहभागी...

कर वृद्धिको विरुद्धमा व्यवसायीले बुझाए मेयर लामालाई व्यवसायको साँचो

हेटौंडा । कर वृद्धिको विरोधमा हेटौंडा व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर साँचो उपमहानगरलाई बुझाएका छन्। मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले नाराबाजी गरिरहेका व्यवसायीको भीडमा आएर साँचो बुझेका हुन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धिविरूद्दको आन्दोलनलाई साथ दिँदै व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगर...

हेटौंडा उपमहानगरपालिकाले बढाएको करको विरोधमा मउवा संघले चरणबद्ध आन्दोलन गर्ने

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बृद्धि गरेको करको दरको विरोधमा मकवानपुर उद्योग बाणिज्यसंघले चरणबद्ध आन्दोलन गर्ने भएको छ । कर बृद्धिको विरोधमा उद्योग बाणिज्यसंघले आज पत्रकार सम्मेलन गर्दै उपमहानगरपालिका विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको घोषणाअघि आइतबार मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद...

करको दरमा पुनःविचार गर्न हेटौंडा उपमहानगरलाई सहकारी सञ्जालको अनुरोध

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले करको दरमा अब्यवहारिक रुपमा बृद्दि गरेको भन्दै पुनःविचारको लागि सहकारी सञ्जाल मकवानपुरले नगर प्रमुख र उपप्रमुखको ध्यानाकर्षण गराएको छ । मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा मंगलबार हेटौंडामा बसेको जिल्ला सहकारी सञ्जालको बैठकले सो कर सहकारी संघ संस्थाको हितमा नभएकोले पुनः बिचार गर्नको लागि...

हेटौंडा उपमहानगरले गुपचुपमै बढायो कर, आन्दोलनमा व्यवसायी

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले १५औं नगर सभाबाट करका दरमा व्यापक वृद्धि गरेको पाइएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१\८२ को लागि बहाल करदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म गुपचुपमै वृद्धि गरेको पाइएको हो । साउन लागेपछि कर तिर्न आउँदा सेवाग्राहीले नयाँ करका दर रहेको थाहा पाएपछि वृद्धिको...

बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । जसअनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२...

गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने

काठमाडौं । गाँजाको व्यवसायिक उत्पादनलाई सरकारले बजेटमा समावेश गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट सार्वजनिक गर्दै गाँजाको व्यवसायिक उत्पानका लागि कानुनी व्यवस्था मिलाइने घोषणा गरे । अहिलेसम्म गाँजको औषधोउपचार बाहेक व्यवसायिक उत्पादनका खेती गर्न नपाइने कानुनी व्यवस्था छ । गाँजालाई लागुऔषधको रुपमा प्रहरीले कारबाही समेत गर्दै आएको...

बागमती प्रदेशको बजेट तयारीका लागि पूर्व बजेट छलफल

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तयारीका लागि आइतबार पूर्व बजेट छलफल कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यक्तिलाई अनुदान दिने प्रणालीलाई अवलम्बन नगरी अब समुदायलाई नै अनुदान तथा ऋण दिने नीति ल्याइएको बताउनुभयो। उहाँले महिलाको उद्यमशीलतालाई जोड दिने, दलित...