अर्थ समाचार
सस्तो मूल्यमा खसीबोका बेच्दै खाद्य, सुरु भयो किनबेच
काठमाडौँ । दसैंका लागि खसी बोकाको मूल्य एक किलोको ६४० रुपैयाँ तोकिएको छ । दसैं–तिहार जस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो मूल्य तोकेको हो । कम्पनीले थापाथलीमा रहेको आफ्नै कार्यालय परिसरमा प्रतिकिलो ६५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको...
बालुवाटारमा लगानी बोर्डको बैठक,यस्ता भए निर्णय
काठमाडौँ । लगानी बोर्डको बैठकले दुई वटा जलविद्युत् कम्पनीको लगानी र पूँजी बृध्दि स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्ड बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गर्नुका साथै विभिन्न सात वटा निर्णय गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको ४८ औँ बैठकले जुम खोलाको लगानी स्वीकृत...
महिला एकताको २३ औँ बार्षिक साधारण सभा सम्पन्न
मकवानपुर । महिला एकता बचत तथा ऋण सहकारी सस्थाको २३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । विभिन्न चरणमा गरि सस्थाले आफ्नो २३ औँ बार्षिक साधारण सभा गरेको हो । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ भैंसेमा रहेको सहकारीले आफ्नो २३ औँ साधारण सभा कोराना माहामारीको जोखिम अझैँ...
मकवानपुर उद्योग वाणिज्य संघ : अग्रवाल प्यानल घोषणा
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि कृष्णकुमार गुप्ता अग्रवालको प्यानल घोषणा गरिएको छ । विहिबार पत्रकार सम्मेलन मार्फत उक्त घोषणा गरिएको हो । प्यानल अध्यक्षमा अग्रवाल,उपाध्यक्षमा अनिल अग्रवाल(वाणिज्य),प्रमोद रानाभाट(उद्योग), विष्णु खनाल (एसोसिएट)र काव्यमणि अधिकारी (वस्तुगत), छन् । त्यसैगरी सदस्यहरुमा वाणिज्य तर्फ कुल प्रसाद चौलागाई, कृष्ण प्रसाद...
लुम्बिनी प्रदेश सरकारले ल्यायो ४१ अर्बको नयाँ बजेट
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाखको नयाँ बजेट ल्याएको छ । एमाले नेता शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले ल्याएको बजेटलाई संशोधन गर्दै नयाँ गठबन्धन सरकारले केही नयाँ कार्यक्रमसमेत ल्याएको छ । आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रदेश सभाको बुधबारको बैठकमा प्रस्तुत गरेको बजेटमा स्वस्थ्य क्षेत्रलाई...
धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त
काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गरेको हो । ढुंगानाले सर्वोत्तम सिमेन्टको शेयर अवैध तरिकाले छोरीका नाममा किनेको प्रमाण बहिरिएसँगै उनी छानविनमा परेका थिए । छानविनका लागि बनाइएको न्यायिक समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको...
स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो लाभांश घोषणा
काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीहरूका लागि १३।०३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३.०६ प्रतिशत नगद लाभांशसहित १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको...
हेटौँडामा बजाज एक्सचेञ्ज महामेला, नगद १० लाख जित्न सकिने
मकवानपुर । नेपालमा सर्वाधिक बिक्री हुने लोकप्रिय मोटरसाइकल उत्पादक बजाज ब्राण्डको मोटरसाइकलको एक्सचेञ्ज महामेला सुरु भएको छ । बजाज मोटरसाइकलको हेटौँडाका लागि आधिकारिक बिक्रेता होराईजन अटो प्रा.लिले असोज १७ गतेदेखि २३ गतेसम्म महामेला गर्न लागेको हो । दशैं तिहार र छठ पर्वको अवसर पारेर हेटौँडा १० टिसिएन रोड स्थित...
६ घण्टा फेसबुक डाउन हुँदा ६ अर्ब घाटा
काठमाडौँ । फेसबुक डाउन हुँदा मार्क जुकरबर्गलाई व्यक्तिगत रूपमा ठूलो नोक्सानी ब्यहोर्नु परेको छ । हिजो सोमबार रातिदेखि डाउन भएको फेसबुक करिब ६ घण्टासम्म पहुँच बाहिर थियो । जसले गर्दा फेसबुकका प्रमुख मार्क जुकरबर्गले केही घण्टाभित्रै छ अर्ब रकम गुमाएका छन् । सोमबार बेलुका आएको समस्या पछि फेसबुकले ट्वीटरमार्फत...
पासपोर्ट फालेर बट्टाई पालनमा व्यस्त युवा
भरतपुर–१३ ब्रहमपुरीका इश्वर सुवेदी बट्टाई पालनमा व्यस्त छन् । २६ वर्षीय इश्वरले करिब १० लाख लगानी गरेर बट्टाई चरा, लोकल र फाइटर कुखुरा पालेका छन् । उनी कोभिड–१९ को पहिलो चरणपछि व्यवसायतर्फ मोडिएका हुन् । गत वर्ष बट्टाई र अण्डा बेचेर करिब आठ लाख कमाए । लोकल कुखुरामात्रै बेचेर...