अर्थ समाचार
भोलिदेखि नयाँ नोट साट्न पाइने
काठमाडौं । भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट नयाँ नोट साट्न पाउने छन् । सर्वसाधारणले ५, १०, २० र १०० रुपैयाँ साट्न...
१ अर्ब लगानी गरेको रेल १ वर्षदेखि प्रयोगविहीन
नेपालले झन्डै रू १ अर्ब लगानी गरेर किनेको रेल १ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । भारतको रेल निर्माता कम्पनी कोंकण रेलवे कर्पोरेशनसँग रेल किनेर ल्याएको शनिवार अर्थात् असोज २ गते १ वर्ष पुगेको छ । पटकपटक रेल सञ्चालन गर्ने भनिए पनि भाखा सरेको सर्यै छ, तर रेल हालसम्म पनि...
एक वर्षमा ५४ प्रतिशतसम्म घट्यो आलुको मूल्य
एक वर्षको अवधिमा आलुको मूल्य ५४ प्रतिशतसम्म घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उल्लेख भए अनुसार गतवर्षको यसै अवधिको तुलनामा अहिले आलुको मूल्यमा उक्त कमी आएको हो । यस वर्ष आन्तरिकका साथै बाह्य बजारबाट पनि पर्याप्त मात्रामा आपूर्ति भइरहेकाले गतवर्षको तुलनामा...
हेटौँडामा नेपाल बंगलादेश बैंकको शाखा विस्तार
मकवानपुर । नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका–९ स्थित हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र १० औँ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ। उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका–९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले गरेका हुन्। हेटौंडा उपमहानगरमा खोलिएको यस विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योगलाई सुलभ बैंकिङ सुविधा प्रदान गर्नुका...
बजेटविहीन देश : प्रधानमन्त्रीदेखि कर्मचारीसम्मको तलब रोकिँदै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवादेखि कर्मचारीसम्मले भदौ महिनाको तलब समयमै नपाउने भएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको र प्रतिस्थापन विधेयक (संशोधित बजेट) पारित तथा प्रमाणीकरण नभएकाले यस्तो स्थिति निम्तिएको हो । आजदेखि संशोधित बजेट राष्ट्रपतिबाट प्रमाणीकरण नगराउञ्जेल सरकारले सञ्चित कोषमाथि व्ययभार हुने बाहेकका कुनै पनि खर्च...
बजेट ‘होलिडे’ : दोषी को ?
नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ । यस्तो ‘बजेट होलिडे’ सर्वप्रथम नेपालमा २००८ सालबाट बजेट प्रणाली सुरु भएदेखिको इतिहासमा पहिलोपटक भएको हो । त्यसयता हरेक सरकारले विविध समस्या बाबजुद पनि बजेट संसद्बाट...
बजेट होलिडे आउनुमा सरकारकै अक्षमता
सरकारले समयमै बजेट पास नगरेर गैरजिम्मेवारीको पराकाष्ठा देखाएको छ । प्रतिनिधिसभामा पेस भएको बजेट अध्यादेशलाई सरकारले ६० दिनभित्र पनि पास गर्न नसकेर नेपालको इतिहासमै पहिलो पटक बजेट होलिडे निम्त्याएको छ । यसलाई बजेट होलिडेको रूपमा मात्र नहेरेर राज्यकै अक्षमताको रूपमा हेर्न सकिन्छ । सामान्य रूपमा हेर्दा १०/१५ दिन सरकारी...
बजेटको वैधानिकमा गम्भीर संवैधानिक प्रश्न तर सांसदको तलव पाउने, कैदीबन्दीले सिदा नपाउने
काठमाडौं । चालु आर्थिक वर्षको बजेट वैधानिकताको गम्भीर संवैधानिक संकटमा फसेको छ । अध्यादेश मार्फत आएको बजेट प्रतिनिधिसभाले स्वीकृत गरेपछि ल्याइएको प्रतिस्थापन विधेयकको वैधानिकतामाथि पनि संवैधानिक प्रश्न उत्पन्न भएको छ । प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९८ (३) मा अध्यादेश स्वीकृत गरेपछि ल्याइएको प्रतिस्थापन विधेयक पनि संविधानको धारा ११४...
इतिहासमै पहिलो पटक बजेट ‘होलिडे’
मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक–२०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भए पनि संशोधित बजेट पास गर्ने काम भने अल्झिएको छ । जसका कारण बुधबारदेखि चालू आवका लागि विनियोजित बजेट निष्क्रिय भएको छ । प्रतिपक्षी...
बुधबारदेखि सरकारले खर्च गर्न नपाउने, राजश्व संकलन भने हुने
काठमाडौं । बुधबारदेखि सरकारले खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभामा नेकपा(एमाले)को नियमित अवरोधका कारण बैठक नियमित रुपमा सञ्चालन हुन नपाउँदाको असर बजेटमा परेको छ । गत जेठ १५ गते सरकारले अध्यादेश मार्फत ल्याएको चालु आवको बजेट ६० दिनभित्र पारित गरी राष्ट्रपतिबाट प्रमाणिकरण हुनुपर्ने थियो । त्यो समयसीमा भनेको...