अर्थ समाचार
नेपाल ७३ औं भोकमरी ग्रस्त देश
काठमाडौं । कोरोना महामारी र अन्य चुनौतीका कारण सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने भनी दिगो विकास लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय समुदायले लिएको लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको छ । विश्वव्यापी भोकमरी सूचांक (जिएचआइ) ले संयुक्त राष्ट्र सङ्घका विभिन्न एजेन्सीद्वारा उपलब्ध गराइएका तथ्याङ्कहरूमा आधारित रहेर तयार गरेको सन् २०२० को...
अर्को वर्ष नेपालको अर्थतन्त्रमा २.७ प्रतिशतले मात्र वृद्धि हुने
काठमाडौं । विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो । दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले आज जारी गरेको अद्र्धवार्षिक...
आस्कमी भर्चुअल जब फेयरको दोस्रो संस्करण मार्च ३१ देखि, ५० बढी कम्पनीमा रोजगारीको अवसर
काठमाडौं । आस्कमी भर्चुअल जब फेयर २०२० को सफलता पछि दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि सुरु भएको छ । आस्कमी म्यानेजमेन्ट ले यहि मार्च ३१ देखि एप्रिल २, २०२१ सम्म राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरु गरेको हो । जब फेयरको...
१० अर्बको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ दर्ता, एनआरएनलाई डलरमा आईपीओ
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अगुवाईमा ‘एनआरएन डेभलपमेन्ट फन्ड’ दर्ता भएको छ । १० अर्ब पुँजीको फण्डलाई कम्पनी रजिस्ट्रारको कार्यालयले चैत १७ गते दर्ता प्रमाणपत्र दिएको हो । कम्पनीमा नेपाल सरकारले पाँच प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । १५० जना भन्दा बढी...
नयाँ बजेटमा निफ्राको सुझावः पूर्वाधारमा ध्यान दिए राम्रो
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिएको छ । अर्थमन्त्री बिष्णु पौडेललाई अर्थ मन्त्रालयमै पुगेर निफ्रा नेतृत्वले प्रस्तुतिकरणसहित सुझाव दिएको हो । निफ्राले भौतिक पूर्वाधारको निर्माण तथा संचालन मार्फत मुलुकको सामाजिक आवश्यकताहरू पूरा गर्न, आमजनमानसहरुको दैनिकी सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक बृद्धिलाई सहयोग...
बोनस बाँडेका तीन कम्पनीको मूल्य समायोजन, नयाँ मूल्य कति
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन कम्पनीको मूल्य समायोजन गरेको छ । बोनस सेयर वितरण गरेका नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको मूल्य समायोजन गरिएको हो । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस सेयर बाँडेको थियो । नेप्सेले...
सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी
काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत १ हजार ४ सय ३५ योगदानकर्तालाई ४ करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ...
खुल्यो भन्सार एजेन्टको जागिर : ६ सय ६० एजेन्ट थप हुने, बीए पासहरूले यसरी दिनुहोस् आवेदन
काठमाडौं । भन्सार विभागले भन्सार एजेन्ट थप गर्ने सूचना प्रकाशन गरेको छ । विभागले ६ सय ६० जना एजेन्ट थप गर्ने भएको हो । ब्याचलर पास गरी ३ महिना कम्प्युटर तालीम लिएका २१ वर्ष पुरा भएका नेपाली नागरिक भन्सार एजेन्टका लागि योग्य हुन्छन् । ३ हजार रुपैयाँ आवेदन शूल्क...
बेलौरी छोटी भन्सार स्तरोन्नतिको माग, मन्त्रीको आश्वासन मात्र
काठमाडौं । बेलौरी छोटी भन्सार कार्यालयको व्यवसायीले स्तरोन्नतिको माग गरेका छन् । भन्सार कार्यालयको स्तरोन्नतिको कार्य भए यस क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि भई आर्थिक, सामाजिक र धार्मिक गतिविधि बढ्ने सम्भावना छ । छोटी भन्सार कार्यालयमा हाल न्यून मात्रै राजस्व सङ्कलन हुँदै आएको छ । भन्सार कार्यालयको स्तरोन्नतिसँगै कर्मचारीको व्यवस्था...
डेढ वर्षभित्र सबै ऐलानी जग्गा नम्बरी हुने, यस्तो छ तयारी
काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आगामी डेढ वर्षभित्र सबै भूमिहिनले जग्गा प्राप्त गर्ने बताएका छन् । उनले भने “आयोगले ७५३ स्थानीय तहसँग भूमिसम्बन्धी समस्या समाधानका कार्य गर्ने समझदारी गरिसकेको छ । स्थानीय तहका आगामी डेढ वर्षमा सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउन तयारीसहित आयोग सक्रिय रहेको...