अर्थ समाचार
बसपार्कमा भ्यु टावर बनाउने भेटवालसहित १३६ विरुद्ध बैंकिङ कसुरको मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धानमा रहेको एक बैंकिङ घोटालासम्बन्धी विषयमा मिहिन छानबिन गरी एकैपटक १३६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले काठमाडौंको पुरानो बसपार्कमा भ्यु टावर बनाउने मनोज भेटवालसहितका १३६ जना विरुद्ध मुद्धा दायर गरेको हो । आयोगले झण्डै ४० करोड बराबरको...
सीजीको नमुना कलाग्राम ‘उन्नति कल्चरल भिलेज’ तयार, कला–कृति सिर्जना र प्रवर्द्धनको अवसर
नवलपुर । प्रतिष्ठीत औद्योगीक तथा व्यवसायिक समूह चौधरी ग्रुप (सीजी)ले नवलपुरमा नमुना कलाग्रामको अवधारणा कार्यान्वयनमा ल्याएको छ । जिल्लाको देवचुली र बारचुली पहाडको मनोरम वातावरमा अवस्थित ‘उन्नति कल्चरल भिलेज’ नेपाली कला, शील्प तथा संस्कृतिको जगेर्ना गर्दै नेपाली सम्पदालाई विश्व बजारसम्म पुर्याउने अवधारणासहित निर्माण भएको हो । स्वदेशी तथा विदेशी...
अर्थतन्त्रले कोभिसिल्डपछि नयाँ लय लिएको छ, सेयर बजार पनि सुदृढ हुँदैछ : विज्ञ
काठमाडौँ । कोरोना महामारीका कारण थालिएको नेपालको अर्थतन्त्र कोरोना विरुद्धको भ्याक्सिन (कोभिसिल्ड) सार्वजनिक प्रयोगमा आएसँगै त्यसले नेपाली अर्थतन्त्रलाई नयाँ गति दिएको विज्ञहरुले टिप्पणी गरेका छन् । काठमाडौँमा आयोजित ‘कोरोनाले थालाएको व्यापार-व्यवसाय र कोभिसिल्डपछी जुर्मुराएको अर्थतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो टिप्पणी गरेका हुन् । साना तथा मझयौला व्यवसाय गर्ने...
गोल्छा समुहको ९० करोड लगानीको नयाँ फलाम उद्योग
बिरगञ्ज । पर्सा जिल्लामा करिब ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा छ । मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ । अब १० प्रतिशत काम मात्र बाँकी रहेको छ । गोल्छा समूहद्वारा स्थापना गरिएको हुलास...
नहर भत्किँदा विद्युत् अवरुद्ध
हुम्ला । जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत् आपूर्ति हुन नसक्दा यहाँका नागरिक यही फागुन २० गतेदेखि अन्धकारमा बस्दै आएका हुन् । रुख ढलेर जलविद्युत्को नहर भत्किँदा मर्मत गर्न समय लाग्ने भएकाले गाउँपालिकाका नागरिक अन्धकारमा बस्दै...
प्रधानमन्त्रीको प्रश्नः इनर्जी ड्रिङ्कस्, चुइङ्गम र कोक-फ्यान्टा किन खानु ?
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले इनर्जी ड्रिङ्कस् र चुइङगम र कोक फ्याण्टा नखाए नि हुने बताएका छन् । नेपाल उद्योग परिसंघले सुरु गरेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कोक, फ्याण्टा र चुइङगम नखाए पनि हुने धारणा पनि राखेका हुन । “इनर्जी ड्रिङक र चुइङगम नखाए हुने...
बङ्गलादेशको रासायनिक मल बेलुकासम्म नेपाल आइपुग्ने
काठमाडाैं । नेपाल र बङ्गलादेश सरकार (सरकार-सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो । मल खरीदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको...
अफ्रिकी महादेशमा निर्यात व्यापारको सम्भाव्यता खोजिने
काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्मा र नेपाल उद्योग परिसंघका पदाधिकारी बीच आज परिसंघको कार्यालयमा भेटघाट एवं छलफल भएको छ । छलफलमा राजदूत विश्वकर्माले नेपाल र अफ्रिकी मूलुकहरु बीचमा हुने व्यापार सम्बन्धका बारेमा चासो देखाएका थिए । उनले आफ्नो कार्यक्षेत्रभित्र पर्ने बाह्र वटा मूलुकहरुमा व्यापार तथा...
तातो पानी नाका हुँदै चीनबाट नेपाल भित्रियो ४०० बोरा युरिया मल
सिन्धुपाल्चोक । साल्ट ट्रेडिङ कर्पोरेसनले पहिलोपटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाकाबाट नेपाल भित्रिएको छ । सिल्क मार्केट प्रालिले ढुवानी गरी ल्याएको दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए । नेपाल सरकारको अनुमतिबाट चीनबाट...
मोतिपुरमा बन्ने अत्याधुनिक औद्योगिक क्षेत्र, १२ अर्ब लगानी, पाँच वर्षसम्म भाडा निःशुल्क
लुम्बिनी । रुपन्देहीको मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको घोषणाले अब पूर्णता पाउने भएको छ । नेपाल सरकारले २०७२ सालमा प्रत्येक प्रदेशमा कम्तीमा एक/एक हजार विगाहा क्षेत्रफलमा ठूला औद्योगिक क्षेत्र स्थापना गरेर ती औद्योगिक क्षेत्रबाट प्रत्यक्षरुपमा एक लाख र अप्रत्यक्ष पाँच लाख जनालाई रोजगारी दिने नीति बनाएको थियो...