अर्थ समाचार
दुई हप्ता नपुग्दै दोश्रो पटक बढ्यो हवाई भाडा, काठमाडौं-धनगढी यात्रा ३१० रुपैयाँ महंगीयो
काठमाडौं । दुई हप्ता नपुग्दै हवाई भाडा दोश्रो पटक वृद्धि भएको छ । नेपाल आयल निगमले दुई साताकै अवधीमा हवाई इन्धनको मूल्य प्रति लिटर ७ रुपैयाँले वृद्धि गरेपछि नेपाल बायुसेवा सञ्चालक संघले पनि हवाई भाडा वृद्धि गरेको थियो । १२ दिनको अवधीमा हवाई भाडा अधिकतम ३१० रुपैयाँले बढेको छ...
बुद्ध एयरको जनकपुर–अयोध्यामा उडान अन्तिम चरणमा
काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्धएयरले धार्मिक पर्यटन प्रवद्र्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ । पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले यो गन्तव्यमा उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ । ‘सीताराम’...
अरुण तेस्रोले दिएन कन्स्ट्रक्सनको एक करोड भुक्तानी, सुरक्षागार्डको दुई वर्षदेखि बाँकी
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले डेढ वर्षदेखि भुक्तानी नदिँदा मजदूर समस्यामा परेका छन् । आयोजनाको काम सम्झौताअनुसार सम्पन्न गरेको डेढ वर्ष बितिसक्दासमेत भुक्तानी नपाएको रौताहा कन्स्ट्रक्सन कम्पनीका निर्देशक भीमबहादुर थापाले बताए । अरुण तेस्रो आयोजनाको ड्याम साइडमा भारतीय पटेल इञ्जिनीरिङ लिमिटेडले काम गरिरहेको छ...
अर्थतन्त्र ४.६ प्रतिशत माइनसमा, कोरोनाले जित्यो भूकम्प र नाका बन्दीको क्षतिलाई
काठमाडौं । कोरोना महामारीले नेपाली अर्थतन्त्रलाई भूकम्प र नाका बन्दीको भन्दा ठूलो क्षति पुर्याएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक(माइनस)मा गएको हो । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार पहिलो तीन महिनामा अर्थतन्त्रमा भारी संकुचन आएको हो । विभागका अनुसार...
जापान पुग्यो जुम्ली मार्सी, क्यानाडा निर्यातको तयारी
खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक छ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गर्नुभएको हो । व्यावसायिकरूपमा कर्णालीका खाद्य पदार्थ अन्तररष्ट्रिय बजारमा...
अरुण तेस्रो हेर्न पाँच सचिव पुगे फिल्डमै, कहिले बन्छ ९०० मेगावाटको आयोजना
सङखुवासभा । नेपाल सरकारका विभिन्न मन्त्रालयका पाँच सचिवले सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन गरेका छन् । सेनाको हेलिकप्टरबाट बुधबार बाँध निर्माणस्थल फ्क्सिन्दा र पावर हाउस निर्माणस्थल दिदिङको पुखुवा पुगेर उहाँहरुले अरुण तेस्रोको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका हुन् । गृहसचिव महेश्वर न्यौपाने, ऊर्जा...
अब मलेसियामा काम गर्ने नेपाली कामदारलाई पनि सामाजिक सुरक्षा
काठमाडौं । दुई वर्ष अगाडि नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले प्रत्याभूत गरेको नेपाली श्रमिकको सामाजिक सुरक्षासम्बन्धी विषय ढिलै भए पनि कार्यान्वयनमा आएको छ । नेपालको वैदेशिक रोजगार बोर्ड र मलेसियाका सामाजिक सुरक्षा संस्था (सोस्को) बीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएसँगै मलेसियामा कार्यरत नेपाली श्रमिकले श्रम समझदारीको प्रावधानअनुसार सामाजिक...
११३ स्थानीय तहमा स्वास्थ्य चौकी बनाउन अर्थले पठायो १ अर्ब ८ करोड
काठमाडौं । अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधिन भवनहरुको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा...
नेपाल म्यानपावरमा वैदेशिक रोजगार विभागको छापा, के भइरहेको थियो खासमा ?
काठमाडौं । सिनामंगलको नेपाल म्यानपावरमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । अवैध तरिकाले अन्तर्वार्ता लिइरहेको सुचनाका आधारमा विभागले छापा मारेको हो । विभागमा गैरकानुनी रूपमा अन्तर्वार्ता हुँदै छ भन्ने सूचना प्राप्त भएपछि विभागले प्रहरीको सहयोगमा छापा मारेको हो । छापाका क्रममा त्यसो गरेको पाइएको छैन । तर, शंकास्पद...
महानगरको नयाँ सुरुवात, अनलाइनबाट कर तिर्ने व्यवस्था
मोरङ । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहज ढङ्गले राजश्व कर तिर्ने व्यवस्थाका लागि मङ्गलबार अपराह्नदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । नगरवासी करदाताले आफ्नो विवरण हेर्ने र कर भुक्तानीका लागि के–कति रकम भुक्तानी गर्नुपर्ने जानकारी उक्त अनलाइन पोर्टलमा आउने व्यवस्था गरिएको छ । कार्यालय वा वडा गई लाइनमा बस्नुपर्ने कार्यको...