अर्थ समाचार

पाँच वर्षपछि नेपाल विकासशील राष्ट्रमा रुपान्तरण हुँदै, त्यतिञ्जेल अल्पविकसित नै

न्यूयोर्क । पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबका पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेसँगै गरिब देशको समूहबाट स्तरोन्नति हुन लागेको हो । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका...

कोरोना पोजिटिभ रिपोर्ट बोकेर यात्रु दिल्ली पुगेपछि बायुसेवा निगमलाई आपत

काठमाडौं । नेपाल बायुसेवा निगमको जहाजबाट एक जना महिला कोरोना संक्रमित रिपोर्ट नै बोकेर दिल्ली पुगेकी छिन् । निगमको ए ३२० जहाजबाट शुक्रबार बिहान ११ः३० बजेको २०५१ नम्बर फ्लाइटबाट दिल्ली उडेको जहाजमा १४१ जना यात्रु थिए । सोही जहाजमा उडान भरेकी एक जना महिला यात्रु कोरोना संक्रमणको रिपोर्ट बोकेरै...

पेट्रोलियम पदार्थको आयातमा आयल निगमको विकल्पमा निजी क्षेत्र रोज्न सकिन्नः मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने प्रस्ट पारेका छन् । ग्यास बिक्रेता महासङ्घ नेपालको सातौँ वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पेट्रोलियम पदार्थ राष्ट्रिय सुरक्षासँग जोडिएकाले आयातको जिम्मेवारी निजी क्षेत्रलाई दिन नसकिने बताएका हुन् । पेट्रोलियम...

झापामा २० करोड लगानीको रबर उद्योग सञ्चालन हुँदै, गोरखकालीपछिको दोश्रो उद्योग सफल होला ?

झापा । नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा २० करोडको लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ । विसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो...

समाजवादोउन्मुख अर्थतन्त्र निर्माणमा अग्रसर हुनुपर्छः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर भइरहेको सन्दर्भमा संविधानले परिकल्पना गरेको समाजवादोउन्मुख अर्थतन्त्र निर्माणका दिशामा लाग्न आग्रह गरेकी छिन् । शान्ति, अहिंसा, लोकतन्त्र र मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान पुु¥याउने व्यक्तित्वलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित सम्मान समारोहमा उनले सादा जीवन उच्च विचारका धनी महेन्द्रनारायण...

सात अर्ब दुई करोड लागतको मयुरधाप औद्योगिक क्षेत्रको निर्माण आरम्भ, १० हजारलाई रोजगारी

मकवानपुर । हेटौँडा उप महानगरपालिका–१४ मयुरधापमा औद्योगीक क्षेत्र निर्माण कार्य आरम्भ भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन । सङ्घीय सरकारले विसं २०७२ साल चैत्र १ गते मयुरधापमा नयाँ औद्योगिक क्षेत्रको घोषणा गरेको थियो । उक्त औद्योगिक क्षेत्रमा हेटौँडा उपमहानगरपालिका वडा...

इटहरी उपमहानगरले ल्यायो एक अर्ब ९५ करोडको पुरक बजेट

इटहरी । इटहरी उपमहानगरपालिकाको आठौँ नगरसभा शुरु भएको छ । सो अवसरमा नगरप्रमुख द्वारिकलाल चौधरीले कोभिड–१९का कारण पूरक बजेट ल्याउन बाध्य हुनुपरेको बताए। उनले सातौं नगरसभाले स्वीकृत गरेको बजेट नीति तथा कार्यक्रमलाई कार्यावन्यन गर्ने क्रममा कोभिड–१९ का कारण राजश्वमा परेको प्रभावले स्वीकृत योजना तथा कार्यक्रममा प्रभाव परेको बताए ।...

इटहरीमा तीस करोडमा वाटर पार्क, पूर्वको आकर्षक गन्तव्य बन्ने

सुनसरी । पूर्वक्षेत्रको केन्द्र मानिएको सुनसरीको इटहरी नगरपालिकाभित्र तरहरास्थित ‘इपि ल्याण्ड एण्ड वाटर पार्क’ को निर्माण सम्पन्न भएको छ । पूर्वप्रहरी अधिकृत प्रहरी अतिरिक्त महानरीक्षक (एआइजी) कृष्ण बस्नेत तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) ज्ञानविक्रम शाह, इटहरी उद्योग बाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल र काठमाण्डौंको वुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका...

अर्थ मन्त्रालयमा विष्णु पौडेलको नयाँ सेट, फेरिए रणनीतिक सहसचिवहरु

काठमाडौं । अर्थ मन्त्रालयले सह सचिवहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालय तानिएका छन् । उनलाई अर्थको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी सहित प्रवक्ता बनाईएको छ । भन्सार विभागमा भने आर्थिक नीति तथा विश्लेषण महाशाखा प्रमुख यमलाल भुसाललाई पठाइएको छ ।...

सुपर त्रिशुली जलविद्युत आयोजनामा ७ बाणिज्य बैंकले १२ अर्ब बढी लगानी गर्ने

काठमाडौं । सुपर त्रिशूली जलविद्युत आयोजनामा ७ वटा बाणिज्य बैंकहरुले मिलेर १२ अर्ब भन्दा बढी लगानी गर्ने भएका छन् । ब्ल्यू इनर्जी लिमिटेडले निर्माण गर्न लागेको १०० मेगावाटको आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाईमा ७ वटा बैंकहरुले लगानी गर्ने भएका हुन् । नेपाल इन्भेष्टमेन्टको अगुवाईमा कुमारी बैंक, ग्लोबल आइएमई बैंक,...