अर्थ समाचार
वैदेशिक रोजगार बचतपत्रबाट राष्ट्र ऋण उठाउन किन धौधौ पर्छ सरकारलाई ?
काठमाडौं । पछिल्लो वैदेशिक रोजगार बचतपत्रमा आह्वानको ४ प्रतिशतमात्र माग भएको छ । नेपाल राष्ट्र बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेकामा कुल २ करोड रुपैयाँको मात्र माग परेको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार आन्तरिक...
महासंघ र बैंकर्स संघबीच समझदारीः साना उद्यमीलाई सहजै ऋण दिइने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघका बीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज)को प्रबर्द्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज एक...
‘आफन्त’ले साना उद्योग व्यवसाय र पेशा प्रबर्धन तथा उद्यमशीलता विकास गर्न सघाउने
काठमाडौं । लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रबर्धन गर्न तथा उद्यमशीलता विकाश गर्न आफन्त नामक सामाजिक सञ्जाल सञ्चालनमा आएको छ । नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याएको ‘आफन्त’ को प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालले सार्वजनिक गरे । प्रधानमन्त्री कार्यालयका सचिव अर्यालले ‘आफन्त’ लाई साना उद्योगी...
सुनको मूल्य फेरी घट्यो, चाँदी भने बढ्यो, अब कति ?
काठमाडौं । सुनको मूल्य बिहीबार पुनः घटेको छ । बिहिबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । चाँदीको मूल्य भने बढेको छ । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेर ८९ हजार तिन सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला पाँच...
पाँच वर्ष म्याद गुज्रेको दाल बेच्ने व्यापारीलाई तीन लाख जरिवाना
विराटनगर । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर-७ को गोदामबाट...
भारतबाट रोगी मौरी ल्याउन लागेको भन्दै तिनवटै मौरीपालकसङ्घ विरोधमा
काठमाडौं । भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ । नेपाल मौरीपालक महासङ्घ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ र नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले कृषि तथा पशुपक्षीमन्त्रीलाई ज्ञापनपत्र...
आर्थिक समृद्धिको पहिलो सर्त राजनीतिक स्थायित्व नै होः शेखर गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता पहिलो सर्त भएको बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको २८ औँ साधारण सभा तथा १७ औँ अधिवेशनको उद्घाटन गर्दै उनले मुलुकमा स्थिर सरकार, राजनीतिक स्थिरता र स्थायित्व काम भए मात्रै समृद्धिको वातावरण बन्ने...
आरम्भ चौतारी लघुवित्तका लगानीकर्तालाई ८.८५ प्रतिशत लाभांश
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले ८.८५ प्रतिशत लाभांश पाउने भएका छन् । बुधबार बसेको लघुवित्तको सञ्चालक समिति बैठकले लगानीकर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । २६ करोड...
पोखरा–नेपालगञ्ज हवाई सेवाः पर्यटक बढ्ने विश्वास
पोखरा । कोभिड–१९ पछाडि पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन सम्बद्ध सङ्घ संस्थाले एकपछि अर्को गतिविधिलाई जोड्दै कार्यक्रम गरिरहेका छन् । भम्रण वर्ष–२०२० मा २० लाख पर्यटक भित्र्याउने सपना कोभिड–१९ का कारण पूरा हुन नसकेपछि निजी क्षेत्रको पहलमा पछिल्लो समय आन्तरिक पर्यटकलाई लक्षित गर्दै पर्यटकीय गतिविधिमा जोड दिन थालिएको छ ।...
नेपालकै ठूलो औद्योगिक पार्कको शिलान्यास हुँदै, ६५ अर्ब चिनियाँ लगानी पक्का
काठमाडौं । झापाको दमकबाट आठ किलोमिटर दक्षिणमा निर्माण हुने नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को यही फागुन १६ गते शिलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको पार्कका अध्यक्ष गोविन्द थापाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । दमक नगरपालिका–१०, कमल गाउँपालिका–७...