अर्थ समाचार
आर्थिक विकासको आधार सूचना प्रविधिको विकासः अध्यक्ष गोल्छा
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले जुनसुकै मुलुकको आर्थिक विकासका लागि सूचना तथा प्रविधि क्षेत्रको योगदान निकै महत्वपूर्ण हुने बताएका छन् । उनले सूचना प्रविधिको क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिने भएकाले बताउँदै अघि भने–‘आइसीटीको विकासमा सरकारको पहल सुस्त देखिएको, सूचान प्रविधि पार्कको सही अर्थमा उपयोग...
सात अर्बको मयूरधाप औद्योगिक क्षेत्र फागुन १४ गते शिलान्यास, २० हजारलाई नयाँ रोजगारी
मकवानपुर । हेटौँडा उपमहापालिका–१३ र १४ मा स्थापित भएको मयूरधाप औद्योगिक क्षेत्रलाई यही फागुन १४ गते शिलान्यास गर्ने कार्यक्रम रहेको हेटौडा औद्योगिक क्षेत्रले जनाएको छ । नेपाल सरकारले २०७२ चैत १ गते मयूरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो । मयूरधापको करीब २०० बिघा क्षेत्रफलको सरकारी जग्गामा सङ्घीय सरकारले...
थप पाँच हजार क्विटल धान खरीद गर्दै खाद्य कम्पनी
पर्सा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ । शाखाले चालु आर्थिक वर्षका लागि ३० हजार क्विटल सोना मन्सुली धान खरिदको कोटा पाएकोमा हालसम्म रु...
सुनको मूल्य ३ सय रुपैयाँले घट्यो
काठमाडौं । घरेलु बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार तेजावी सुनको मूल्य पनि प्रतितोला तिन सय रुपैयाँले नै घटेर ८९ हजार तिन...
सुरु भयो ‘मेक इन नेपाल–स्वदेशी’ अभियान, बर्सेनी एक हजार नयाँ उद्योग थप्ने
काठमाडौं । स्वदेशी उत्पादनको उपभोग र उपयोग बढाउने उदेश्यसहित मेक इन नेपाल–स्वदेशी अभियान सुरु भएको छ । नेपाल उद्योग परिसंघको नेतृत्वमा आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने भन्दै मेक इन नेपाल अभियान सुरु गरिएको हो । परिसंघका अध्यक्ष सतिस मोरका अनुसार हरेक वर्ष एक हजार नयाँ उद्योग सञ्चालन गर्ने, सन २०२५...
दोर्दी–१ को बिजुली वैशाखदेखि, राष्ट्रिय प्रशारण लाइनमा ५२ मेगावाट थपिँदै
काठमाडौं । लामो समय कोभिडले प्रभावित बनेको दोर्दी–१ आयोजनाबाट आगामी वैशाख महिनादेखि बिजुली उत्पादन थाल्ने भएको छ । लमजुङको दोर्दी गाउँपालिका– ६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको आगामी वैशाख महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्यअनुरुप काम अघि बढाइरहेको आयोजना प्रमुख उज्जवल सिलवालले बताए । उनले भने, “कोभिडका...
हुलाकी राजमार्गमा पुल नबनाउने भैरबसँग ठेक्का तोडियो, अब कालोसूचिमा
काठमाडौं । तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गतको पुल निर्माण अलपत्र पार्ने भैरव कन्स्ट्रक्सन कालोसूचीमा पर्नेमा भएको छ । धनुषाको हुलाकी राजमार्ग निर्देशनालयमातहतको योजना कार्यालयले भैरवलाई सिफारिस गरेको हो । २०७२ असारमा ठेक्का लागेका सर्लाहीस्थित धनकौल र हर्कठवा पुल निर्माण सुरु नगरी अलपत्र पारेको भन्दै कार्यालयले भैरवसँग ठेक्का तोडेर कालोसूचीमा...
मेलम्ची सुरुङ पुनः परीक्षण गरिने, धारामा पानी कहिले ?
काठमाडौं । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबार पुनः परीक्षण गरिने भएको छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो । गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो ।...
तयार हुनै लाग्यो गौतमबुद्ध विमानस्थल, ६ महिनापछि व्यवसायीक उडान
भैरहवा । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ । विमानस्थल हालका अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ । प्राविधिक उपकरण जडानको काम बाँकी छ । विदेशबाट प्राविधिक...
जाजरकोटलाई दलहन, ओखर र बाख्राको पनि पकेट जोन बनाउन सिफारिस
जाजरकोट । मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ । नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातै वटा स्थानीय तहका...