अर्थ समाचार
न्यादी जलविद्युत आयोजनाले जेठदेखि विद्युत् उत्पादन थाल्ने
काठमाडौं । निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजनाले आगामी जेठबाट विद्युत् उत्पादन गर्ने भएको छ । मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण गरिरहेको सो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आगामी जेठभित्रमा सबै निर्माण सकेर बिद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका...
नेपालमै मल कारखाना खोल्ने तयारी, सरकार छलफलमा
चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताएकी छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै उनले किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिइन्। “धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया शुरु...
१० अर्बको पूर्वाधार कम्पनीलाई १५० करोड जुट्यो, एनआरएनलाई ८ अर्ब ५० करोडको आईपीओ
काठमाडौं । एनआरएनहरुको अगुवाईमा गठन हुने १० अर्बको पूर्वाधार कम्पनीका लागि एक अर्ब ५० करोडको लगानी प्रतिवद्धता प्राप्त भएको छ । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्व अध्यक्ष जिवा लामिछाने, वर्तमान अध्यक्ष कुमार पन्त लगायतले पूर्वाधार कम्पनीमा एक अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेको कम्पनीका वित्तिय...
अन्तत: एक वर्ष थपियो कोरोना प्रभावित हाइड्रोपावरको लाइसेन्सको म्याद
काठमाडौं । सरकारले कोभिड १९ प्रभावित जलविद्युत आयोजनाको म्याद १ वर्ष थप्ने भएको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको मन्त्रीस्तरको बैठकले यस्तो निर्णय गरेको हो । सोही निर्णयअनुसार विद्युत विकास विभागले निवदेन मागेको छ । म्याद थप गर्दा ५० वर्ष ननाघ्ने अवस्थाका जलविद्युत आयोजनालाई मात्रै अनुमति पत्र...
रसुवागढी जलविद्युत् आयोजनाका उपकरण जडानमा ढिलाइ, लाभांशको पत्तो छैन्
रसुवा । यथेष्ट जनशक्तिको अभावमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्यमा ढिलासुस्ती हुँदै गएको छ । जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत २०७६ चैत ८ गते देखि देश छोडी हिँडेका कारण विद्युत् उत्पादनका उपकरण जडानको कार्य ठप्प भएको हो ।...
संसदीय समितिको प्रश्नः फास्ट ट्रयाकमा चिनियाँमात्र कसरी योग्य भए ?
काठमाडौं । काठमाडौं–तराई/मधेस द्रुतमार्ग (एक्स्प्रेस वे)अन्तर्गत ‘फेज–टु’ को ठेक्का विषयमा परेको उजुरीका सम्बन्धमा आज राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सम्बन्धित पक्षसँग जानकारी लिएको छ । रक्षा सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रतिनिधि र नेपाली सेनाका प्रतिनिधिलाई बैठकमा बोलाएर समितिले उक्त विषयमा जानकारी लिएको हो । उक्त आयोजनाअन्तर्गतको...
अर्थले थाल्यो बजेटको तयारी, काम चलाउ सरकारले कस्तो ल्याउँछ बजेट ?
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट तयारी सम्बन्धी गृहकार्य सुरु गरेको छ । सोक्रममा अर्थ मन्त्रालयले बुधबार पूर्व अर्थ सचिवहरुसँग छलफल गरेको छ । पूर्वसचिवहरूले कोभिड-१९ पछिको आर्थिक पुनरउत्थानतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् । उनीहरुले कोभिड-१९ महामारीको कारणबाट अप्ठ्यारो स्थितिमा पुगेको बताएका थिए । उनीहरुले...
कोरोना खोप किन्न अर्थले स्वास्थ्यलाई पठायो एक अर्ब
काठमाडौं । कोरोना विरुद्धको खोप खरिदका लागि अर्थमन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई एक अर्ब रुपैयाँ पठाएको छ । अर्थ मन्त्रालयले ५०।५० करोड गरि कुल एक अर्ब रुपैयाँ पठाएको हो । सरकारले अर्थ मन्त्रालयले कोरोना विरूद्धको खोप किन्न स्वास्थ्य मन्त्रालयलाई कुल १ अर्ब रूपैयाँ चलाउन स्वीकृति दिएको छ । अर्थ स्रोतका अनुसार...
संघईकी आमा त्रिवेणीदेवीको निधन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईलाई मातृशोक परेको छ । संघाईकी आमा त्रिवेणीदेवीको मंगलबार निधन भएको हो । उपाध्यक्ष संघई त्रिवेणी ग्रुपका अध्यक्ष हुन् । त्रिवेणीदेवीको अन्त्यष्टि बुधबार पशुपति आर्यघाटमा गरिएको छ ।
पर्सा र बाराका चार उद्योगमाथि ठगी मुद्दा दायर , उद्योगी भने फरार
पर्सा । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चारवटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ । बारा जिल्लाका विभिन्न ठाउँमा सञ्चालनमा रहेको कामधेनु डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, गणपति वनस्पति उद्योग र कुसुम आयल प्रालिले...