अर्थ समाचार
चिनी मिललाई उखु अभाव, नगदमै किन्छु भन्दापनि पाएनन् उखु
महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा यसपालि चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ । गत पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा आवश्यक मात्रामा उखु आयात नहुँदा मिललाई उखुको अभाव सिर्जना भएको महाप्रबन्धक कृष्णचन्द्र दासले बताए । विगतका वर्षमा...
निर्माण व्यवसायीले भने-धरौटीको ६५ अर्ब फिर्ता देऊ
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई भेटी व्यवसायीका समस्या र समाधानबारे जानकारी गराएको छ । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट, शान्तिसुरक्षा, योजना हस्तान्तरण, क्रेडिट लाइन कमिशन,...
सुनको मूल्य ११ सय रुपैयाँले घट्यो, अब कति ?
काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ११ सय रुपैयाँले घटेर बुधबार सुनको मूल्य ८९ हजार आठ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार छापावाल सुनको मूल्य ९० हजार ९ सय रुपैयाँ थियो । तेजावी सुनको मूल्य प्रतितोला १०५०...
सिरहामा १५ अर्ब लगानीको सौर्य सिमेन्टले थाल्यो उत्पादन
सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो । निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ गते देखि...
इन्धनको मूल्य फेरि प्रतिलिटर २–२ रुपैयाँ बढ्यो, निगमलाई १५ दिनमा अझै ८७ करोड घाटा
काठमाडौं । नेपाली बजारमा तेलको मूल्य फेरि बढेको छ । निगमले मंगबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो । यो मूल्यवृद्धि सातामै दोस्रोपल्ट हो । नयाँ मूल्यसुचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजल...
९१ करोड बिगो दाबीसहित १३ जनाविरूद्ध राजस्व चुहावटको मुद्दा
काठमाडौं । ९१ करोड ३० लाख ५६ हनार ५ सय ११ रुपैयाँ राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धानले १३ जनाविरूद्ध अदालतमा मुद्दा हालेको छ । विभागले मुख्य अभियुक्त सुवोध साहसहित ९ अभियुक्त र २ मतियारविरूद्ध पाटनको उच्च अदालतमा मुद्दा दायर गरेको हो । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर...
हवाई पूर्वाधारमा फड्को, के के भयो त काम ?
काठमाडौं । सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुनःनिर्माणको कामलाई तीव्रता दिएको हो । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण...
प्रदेश १ को पूर्वाधार विकासमा इन्फ्रास्ट्रक्चर बैंकले लगानी भित्र्याउन सघाउने
काठमाडौं । सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा आवश्यक वित्तीय तथा प्राविधिक सहकार्य तथा सहयोग र अन्य आवश्यक सेवाहरुको सम्बोधन गर्न प्रदेश नं १ को सार्वजनिक नीजि साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बीच समझदारी...
फास्ट ट्रयाकः सुरुङ र ठूला पुल बनाउन सेनाले चिनियाँ कम्पनीसँग माग्यो विस्तृत प्रस्ताव
काठमाडौं । सेनाले तराई मधेस द्रुतमार्ग सडक परियोजनाअन्तर्गत सुरुङमार्ग र पुल निर्माणका लागि विस्तृत प्रस्ताव मागेको छ । पूर्व योग्यता निर्धारणको छनोटमा परेका दुई चिनियाँ कम्पनीसँग त्यस्तो मागिएको हो । त्यस्तो प्रस्ताव पेश गर्ने कम्पनीहरूलाई नै निर्माणको नै ठेक्का दिईनेछ । सेना आयोजना कार्यान्वयन निर्देशनालयले सार्वजनिक सूचना प्रकाशित गर्दै...
घट्यो अण्डाको मूल्य, अब कति ?
काठमाडौं । उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो । स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग घटेको छ । कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कुखुराको सङ्ख्यामा कमी आएको थियो । पछिल्लो समय नयाँ कुखुरा बढेसँगै उत्पादन बढेपछि मूल्य...