अर्थ समाचार

एक सय दिनको रोजगारी चाहियो ? फागुनभित्रै जानुस् आफ्नो स्थानीय तहमा

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि फागुन १ गतेदेखि निवेदन सङ्कलन शुरु भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन् । सूचीकृत बेरोजगारले प्रधानमन्त्री...

रिचार्जरको भ्यालेन्टाईन अफर, जाने हैन त ? हेलिकप्टर डेट

  काठमाडाैं ।  नेपाली ईकमर्स मोबाइल एप रिचार्जरले भ्यालेन्टाइन्स डेको अवसर पारेर पोखरा हेलिराइड अफर सञ्चालनमा ल्याएको छ । रिचार्जरबाट पोखरा साइट सिन बुकिङ् गर्नेले ५ हजार ९९९ रुपैयाँमा पोखरासम्मको हेलि राइड पाउने अफर ल्याएको हो । अफरमा सहभागि हुनका लागि शुक्रबारदेखि रिचार्जरको मोबाइल एपमा बुकिङ खुल्ला गरिएको छ...

सरकार र निजी क्षेत्र अलग हुन् भन्ने मानसिकता बदल्नुपर्छः उद्योगमन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकार र निजी क्षेत्र अलग हो भन्ने प्रवृत्ति बदल्नु पर्ने बताएका छन् । राष्ट्रिय व्यवसायिक पहलको चौधौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई थप गति र नयाँ उचाई दिन सरकार तत्पर रहेको बताए । साथै उनले कृषिमा पूँजीको...

प्रधानमन्त्रीले निजी क्षेत्रलाई भनेः “कर तिर्नुस् नाफा कमाउनुस्”

बुटबल । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताएका छन् । उनले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहकार्यलाई नै प्राथमिकतामा राखिएको बताए । प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केवलकारको...

अप्रिल १ मा दैलेखको पेट्रोलियम खानी खन्न आउँदैछ चिनियाँ टोली

काठमाडौं । दैलेखको पेट्रोलियम खानीमा ड्रिल गर्न चिनियाँ टोली अप्रिल १ तारिखका दिन नेपाल आउन लागेको छ । चिनियाँ टोलीले अप्रिल १ तारिखमा नेपाल यात्रा गर्न अनुमति माग्दै मिनिष्ट्री अफ नेचुरल रिसोर्सेसमा पत्र अनुरोध गरेको हो । ‘चिनियाँ टोलीले अप्रिल १ तारिखका दिन नेपाल जान अनुमति माग्दै आफ्नो मन्त्रालयमा...

लर्डबुद्ध एजुकेसन फाउन्डेसन र एक्यानबीच समझदारी

काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ) र द एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)बीच एक समारोहमा शैक्षिक सहकार्यका लागि समझदारी भएको छ । शुक्रबार एलबिइएफका अध्यक्ष पंकज जालान र एक्यानका अध्यक्ष आनन्द शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार लर्डबुद्ध एजुकेसन फाउन्डेसन अन्तर्गतको कलेज फर प्रोफेसनल स्टडिजमा...

शिवम् सिमेन्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौं । शिवम् सिमेन्ट्सले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । कम्पनीले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । कम्पनीले उद्योग सञ्चालित क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । श्री त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक...

कोरोनाको असर लघु तथा घरेलु उद्योगलाई सबैभन्दा बढीः उद्योग मन्त्रालय

काठमाडौं। कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनअनुसार ५४ प्रतिशत...

युनिलिभरको नाफामा ४४ प्रतिशतको गिरावट, बिक्रि आम्दानी पनि घट्यो

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको नाफामा ४४ प्रतिशतको गिरावट आएको छ ।कम्पनीले चालु आवको दोश्रो त्रैमासिक अवधीमा जम्मा १३ करोड १५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । गत आवको यहि समयमा कम्पनीको नाफा भने २३ करोड ७५ लाख रहेको थियो । अहिलेको नाफा गत आवको नाफा भन्दा ४४...

कोरोनाले उद्योग/व्यवसायमा कति गर्यो क्षति ? यस्तो छ उद्योग, बाणिज्य मन्त्रालयको अध्ययन

काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले सार्वजनिक गरेको उक्त...