अर्थ समाचार

खतिवडाको बजेटमा पौडेलको संशोधन, घटाए आकार !

काठमाडौं । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले लगाएको चकलेट, पुस्तक, विद्युतीय सवारीको करको दरमा पुनरावलोकन गरेका अर्थमन्त्री विष्णुप्रसाल पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार नै घटाएका छन् । मन्त्री पौडेलले आव २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै आकार संशोधन गरेका हुन् । संशोधनअनुसार चालु आवमा १३ खर्ब ४४ अर्ब रुपैयाँ...

नयाँ भुक्तानी सेवा प्रदायक कम्पनी पे वेल नेपालको सेवाआरम्भ, सर्वसाधारणलाई समेत सेयर जारी गर्ने लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले मंगलबार भुक्तानी सेवा प्रदायक कम्पनी पे वेल नेपालको औपचारिक सेवाआरम्भ गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच डेपुटी गभर्नर सिवाकोटीले उक्त डिजिटल वालेट कम्पनीको सेवाआरम्भ गरेका हुन् । ‘पैसा पठाउन, पाउन र तिर्न पे वेल नेपाल’ भन्ने मुल नाराका...

बैंक-बित्तियसंस्था बलिया भएमात्र उद्योग व्यवसाय फस्टाउँछः गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, बित्तिय तथा बिमा समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोध कुमार गुप्ता छन् । समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक, वित्तीय तथा बिमा...

निजी क्षेत्रसँगको सहकार्यमा न्यानोपन चाहिन्छः राजस्व सचिव पुडासैनी

काठमाडौं । सरकार तथा निजी क्षेत्रको सहकार्यवाट नै कोभिडका कारण सिर्जित आर्थिक समस्याबाट पार पाउन सकिने भएकोले सरकारले निजी क्षेत्रसंगको सहकार्यमा न्यानोपन चाहेको राजस्व सचिव रामशरण पुडासैनीले बताएका छन् । नेपाल उद्योग परिसंघ सँगको अन्तरक्रियामा ‘परिसंघमा परिचर्चा’ कार्यक्रममा बोल्दै पुडासैनीले उक्त कुरा बताएका हुन् । कार्यक्रमका विशेष अतिथि रहेका...

निर्वाचनपछि बन्ने संसदले एमसीसी पास गर्छः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी निर्वाचनपछि बन्ने संसदले एमसीसी पास गर्ने बताएका छन् । अर्थमन्त्रालयमा चालु आर्थिक वर्षको बजेटको अर्थ बार्षिक समिक्षामा बोल्दै उनले बैशाख १७ र २७ गते हुने निर्वाचनबाट बन्ने नयाँ संसदले एमसीसीबारे निर्णय गर्ने बताएका हुन् । यद्यपी सरकारले अमेरिकी सहयोग परियोजना एमसीसीको विद्युतिय...

निर्वाचन गर्न सरकारले सुनिश्चित गर्यो ७ अर्ब बजेट

काठमाडौं । सरकारले प्रतिनिधी सभाको निर्वाचनका लागि ७ अर्ब रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले निर्वाचन आयोगले मागे बमोजिम ७ अर्ब बजेटका लागि श्रोत सुनिश्चितता गरिएको बताए । “आज मात्रै निर्वाचन प्रयोजनका लागि आयोगले मागे अनुसार ७ अर्ब बजेटको स्रोत सुनिश्चिता गरिएको छ,” अर्थमन्त्री...

उद्योगलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न सरकार-निजी क्षेत्र सहकार्य आवश्यकः अध्यक्ष मोर

काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज मुख्यसचिव शंकरदास वैरागीलाई सिंहदरवारमा भेट गरी औद्योगिक विस्तारबाट रोजगारी सृजना गर्ने सम्बन्धमा छलफल गरेका छन् । छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले विभिन्न क्षेत्रका उद्योगहरुले नेपालको कुल ग्राहस्थ उत्पादनमा पु¥याएको योगदानलाई उजागर गर्दै उत्पादनमूलक उद्योगहरुको क्षमता विकास र प्रतिस्पर्धी बनाई स्वदेशमानै रोजगारी सृजना...

युवा पिँढीमा उद्यमशीलताको विकास गराउँदै माटो ब्राण्ड

काठमाडौं । अर्गानिक ब्राण्ड माटोले आफ्नो पहिलो फ्रन्चाइज स्टोर सञ्चालनमा ल्याएको छ । सप्तरीका १९ वर्षीय किशोर आशिष कुमार यादवले काठमाडौंको नयाँ बानेश्वर, सुवर्ण मार्गमा उक्त स्टोर संचालनमा ल्याएका हुन् । माटो ब्राण्डका अन्य स्टोरहरु संचालनमा रहेपनि फ्रन्चाइज स्टोरमा भने यो पहिलो हो । राजधानीमा कम्प्यूटर एसेम्बेलिङको काम गर्दै...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई कात्तिक २१ गते कायम मुकायम कार्यकारी निर्देशक बनाइएको थियो । शाक्य एनईए इञ्जिनियरिङ कम्पनीका प्रमुख थिए ।...

शिवम् सिमेन्ट्सले छ महिनामा कमायो ५८ करोड ९६ लाख नाफा, अरु सूचक कस्ता ?

काठमाडौं । शिवभ् सिमेन्ट्सले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । शिवम्ले गत आर्थिक वर्षको सोही अवधीमा ५० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। शिवम्ले गत आवको दोश्रो त्रैमासिकको तुलनामा चालु आवको सोही अवधीमा आफ्नो नाफा १६.१३ प्रतिशतले...