स्वास्थ्य

मकवानपुरमा २२ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने

हेटौंडा । मकवानपुर जिल्लामा २२ हजार बढी छात्राहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ । जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरुको लागि मंगलबार गरिएको अभिमुखीकरण कार्यक्रममा जिल्लाका दश पालिकाभित्रका विभिन्न विद्यालयमा अध्यनरत २२ हजार ७ सय १३ जना छात्रालाई एचपिभी खोप लगाइने जानकारी दिइएको हो । देशव्यापी रुपमा...

बागमती प्रदेशमा झण्डै तीन लाख किशोरीलाई एचपिभी खोप लगाइने

हेटौंडा । बागमती प्रदेशका १० वर्षदेखि १४ वर्ष उमेर समूहका झण्डै तीन लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबिरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको छ । नेपाल सरकारले यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म सञ्चालन गर्न लागिएको खोप अभियान अन्तर्गत बागमती प्रदेशका २ लाख ९८ हजार तीन...

बागमती प्रदेशका स्वास्थमन्त्री थापाद्वारा टोखा अस्पताल अनुगमन

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सोमबार काठमाडौंको टोखा चण्डेश्वरी अस्पतालको अनुगमन गर्नुभएको छ । स्वास्थ्यमन्त्री थापाले अस्पतालको अनुगमन गर्दै अस्पतालको अवस्था र उपचार सेवाका बारेमा अस्पताल प्रशासन, सेवाग्राही एवम् सेवाग्राहीका आफन्तसँग जानकारी लिनुभएको छ । अस्पतालमा रहेका उपकरण, औषधीहरुलगायतका सामग्रीहरुको अधिकतम उपयोग गरेर सेवाग्राहीहरुलाई सेवा दिन अस्पताल...

हेटौंडा अस्पतालको विवाद सर्वोच्च अदालतमा

हेटौंडा । हेटौंडा अस्पतालको स्वामित्वको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता केशव प्रसाद गौतमले संघीय सरकारसहित १० निकायलाई प्रतिवादी बनाएर अस्पतालको स्वामित्वको विषयमा रिट निवेदन दर्ता गरेका हुन् । अधिवक्ता गौतमले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारविरुद्ध दर्ता गरेको उक्त रिटमा प्रतिष्ठानका निर्देशकलाई प्रत्यर्थी...

भक्तपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

हेटौंडा । बागमती प्रदेश सरकारले सूर्यविनायक नगर अस्पताललाई मेडिकल सामाग्री तथा औषधिहरु हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमका बीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायक नगरपालिकाद्वारा ८ नम्बर वडास्थित जगातीमा संचालित अस्पताललाई ४५ लाख बराबरको सामाग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले सबै जनताको स्वास्थ्यमा पहुँच...

हेटौँडा अस्पतालले अतिरिक्त सेवा दिने

हेटौँडा । हेटौँडा अस्पतालले अबदेखि नियमितबाहेक अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले १६ भदौबाट अतिरिक्तबाहेक विस्तारित बहिरंग सेवा सञ्चालन गर्ने भएको हो । स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्न र गुणस्तरीय स्वास्थ्य सेवा छिटो र छरितो ढंगबाट प्रदान गर्न नियमितबाहेक अतिरिक्त समयमा पनि सेवा...

मकवानपुरमा ४८ जना स्क्रब टाइफसका बिरामी

हेटौँडा । मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसको मकवानपुरमा बिरामी बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउन एकदेखि भदौ ६ गतेसम्म जिल्लामा ४८ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । महिला २८ र पुरुष २० जनामा स्क्रब टाइफस देखिएको जनस्वास्थ्य...

दादुरा रुबेला खोप अभियानमा क्रियाशिल भएर लाग्न स्वास्थ्य मन्त्री श्रेष्ठको निर्देशन

हेटौंडा । दादुरा रुबेला खोप अभियानमा क्रियाशिल भएर लाग्न बागमती प्रदेशका स्वास्थ्य मनत्रीले चिकित्सकहरुलाई निर्देशन दिनुभएको छ । आइतबार दादुरा रुबेला अभियानको समिक्षा आई पि भी खोप अभियान सम्बन्धी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी कार्यक्रममा आफ्नो मनतव्य राख्नुहुँदै मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिनुभएको हो । जिल्लामा रुवेलाको अवस्था बुझेर...

हेटौंडा अस्पतालमा नयाँ मेसु

मकवानपुर । हेटौंडा अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. श्रीधर अर्याल नियुक्त भएका छन् । अर्याल दशौं तहका वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन हुन् । उनी भक्तपुर अस्पतालबाट सरुवा भई हेटौंडा आएका हुन् । डा. अर्याल यसअघि भक्तपुर अस्पतालमा पनि मेडिकल सुपरिटेन्डेन्ट नै थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय...

ईन्द्रसरोवरमा नागरिक आरोग्य सेवा केन्द्रको शुभारम्भ

मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपलिकामा नागरिक आरोग्य सेवा केन्द्र शुभारम्भ गरिएको छ । बिहिवार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर र इन्द्रसरोवर गाउँपालिकाद्धारा संयुक्त रुपमा सञ्चालित केन्द्रको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै पूर्वमुख्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा आयुर्वेदको विकास तथा विस्तार वैज्ञानिक प्रयोग रहेकोले...