अन्तरराष्ट्रिय

जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीर को पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो । यो आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो...

सिरियामा आवासीय भवन भत्किँदा १६ जनाको मृत्यु

एजेन्सी । सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्किँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। साततले भवन भत्कँदा पाँच बालबालिकासहित १६ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार भवनमा बसेका सात परिवारका १६ सदस्यको ज्यान गएको हो। भवनमा ३५ जना बसेको स्थानीयवासीले बताएका छन्। प्रहरीले मृतकको संख्या अझै...

ताइवानमा शक्तिशाली भुकम्पः भवनहरू भत्किए, सडक अवरूद्ध

ताइवानमा आइतबार साँझ गएको शक्तिशाली भुकम्पमा परेर कम्तिमा १ सय ४६ जना घाइते भएका छन्। ताइवानको दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको रोयटर्सले जनाएको छ। शनिबार साँझ पनि त्यस क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमवल ४ रेक्टर स्केलको भुकम्प गएको थियो। ताइवानको दमकल विभागका अनुसार...

भियतनाममा बारमा आगलागी हुँदा ३२ जनाको मृत्यु

भियतनाममा एउटा बारमा आगलागी हुँदा ३२ जनाको मृत्यु भएको छ । दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा भएको आगलागीमा कम्तीमा ३२ जनाको मृत्यु भएको हो । आगलागीमा धेरै मानिस घाइते भएका अधिकारीहरूले बताएका छन् । त्यहाँको सार्वजनिक सुरक्षा मन्त्रालयको आधिकारिक मुखपत्र कोङ एन हान दानका अनुसार मृत्यु हुने...

राहुल गान्धी दिल्ली प्रहरीको नियन्त्रणमा

नयाँ दिल्ली । कंग्रेस आईका नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार संसद भवनदेखि विजय चोकसम्म प्रदर्शनमा सहभागी हुन पुगेका गान्धीलाई प्रहरीले नियन्त्रणमा राखेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्। उनी विजय चोकमा धर्ना बसेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिनुअघि गान्धीले बढ्दो महँगी र बेरोजगारीबारे सरकारलाई...

गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

काठमाडौँ । गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो । एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि शुक्रबार...

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। गोली लागेका आबेको अवस्था निकै गम्भीर रहेको बताइएको छ। नारा सहरमा आयोजित चुनावी भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । जापानको समाचारसंस्था एनएचकेका अनुसार भाषण गरिरहेका शिन्जो आबेलाई पछाडिबाट गोली हानिएको थियो। गोली लागेपछि...

म्यान्मारकी प्रजातन्त्रवादी नेत्री सुकी नजरबन्दबाट एकान्त काराबासमा

काठमाडौं । भ्रष्टाचारको आरोपमा म्यान्मारको राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई एकान्त कारावासमा सारिएको छ । आपराधिक कानून बमोजिम उनलाई बुधबारदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले बताएका हुन् । सेनाले रक्तपातविहीन विप्लवबाट सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुवरीयता...

भूकम्प पीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई तालिवानको अपिल

काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले भूकम्प पीडितको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको छ । तालिवानका नेता अब्दुल कहार बाल्खीले भूकम्प प्रभावितलाई तत्काल आवश्यक राहत दिन सरकार आर्थिक रुपमा सक्षम नभएको बताए । उनले दातृ निकाय र छिमेकी देशहरुले सहयोग गरिरहेको भन्दै उनले थप सहयोगका लागि अपिल...

अफगानिस्तानको भूकम्पमा मृत्यु हुने १ हजार नाघे, १५ सय घाइते

काठमाडौं । अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । तालिवानका नेता हिब्तुल्लाह अखुन्दजादले अहिलेसम्म १ हजार ५०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको जानकारी दिएका छन् । उनका अनुसार उद्धारकर्ताहरुले भत्किएका घरमा पुरिएकाहरुको खोजी जारी राखेका छन् । विकट पहाडी क्षेत्रमा...