मेरो पालिका

काम नगर्ने सात ठेकेदारलाई कारवाही, ठेक्का तोडियो, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही थालेको छ । कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायका अनुसार पटकपटक लिखित र मौखिकरुपमा ताकेता गर्दासमेत सम्पर्कमा नआएपछि ती सात वटा निर्माण कम्पनीसगँको ठेक्का सम्झौतासमेत तोडेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।...

उदयपुर गढीको पाँच गाउँमा पहिलोपटक बिजुली बल्यो

उदयपुर । सधैँ अन्धकारमा रहँदै आएको जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली बलेपछि यतिखेर त्यस क्षेत्रका जनता हर्षित बनेका छन् । उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली पुगेको हो । उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतका अनुसार गाउँपालिकाको विकट...

बालाजु क्षेत्रमा पनि शुरु भयो मेलम्चीको पानी वितरण

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ । आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन...

फास्टट्रयाकको ठेक्का रद्द गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले तराई मधेश द्रुतमार्ग (फास्टट्रयाक) को प्याकेज–२ को ठेक्का रद्द गर्न नेपाली सेनालाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले पूर्वयोग्यता मूल्यांकनबाट वोलकबोलका लागि एउटामात्र कम्पनी छनोट भएको प्याकेजको ठेक्का प्रक्रिया रद्द गरी पुनः नयाँ प्रक्रिया सुरु गर्न निर्देशन दिएको हो ।...

कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित

म्याग्दी । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ गते मङ्गलबारदेखि परीक्षण उत्पादन शुरु गर्ने तयारीसहित समय तालिका बनाएको थियो ।...

बैतडीकाे सिगासमा नयाँ फलाम खानी, शुरु भयाे उत्खनन्

बैतडी । सिगासमा गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन शुरु गरिएको छ । गाउँपालिका– १ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । यही चैत ८ गतेबाट फलाम खानीमा उत्खनन्को काम भइरहेको छ । धामीले भने,“उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन...

दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध

जाजरकोट । दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वन्चित भएका छन् । जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा रहेको नमस्ते मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो । टावर मर्मतका लागि नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जलाई जानकारी गराएको भए पनि हालसम्म मर्मत...

बुध्द एयरको भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान

काठमाडौं । बुटवल नारायणघाट सडक खण्डको विस्तारका कारण वाटो थोरबहुत असहज भएको छ । हवाई यात्रालाई थप सहज र सजिलोका लागि बुध्द एयरले भैरहवा तथा नेपालगञ्जमा थप १ उडान विस्तार गर्न लागेको छ । यससँगै भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने प्रेस विज्ञप्तिमा जनाएको छ ।यसैगरि केही...

ठेकेदार–मजदुर सहमतिपछि सडक विस्तारको काम पुनः शुरु

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल–नारायणगढ सडक विस्तारको काम पुनः सञ्चालन भएको छ । मजदुर आन्दोलनका कारण १२ दिनदेखि ठप्प सडक विस्तारको काम निर्माण कम्पनीसँग सहमतिपछि मङ्गलबारबाट पुनः शुरु भएको हो । सडकखण्ड विस्तारका लागि काममा खटिएका मजदुरले तेल तथा माटो चोरी गरेर बिक्री गरेको आरोपमा दुवै...

ललितपुर महानगरपालिकामा अपाङ्गतामैत्री सवारीसाधन सञ्चालन

  ललितपुर । महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई बहुअपाङ्गता भएका व्यक्तिको हितमा एक क्याब व्यवस्था गरिदिएर सोको साँचो हस्तान्तरण गरे । सो सवारीसाधन दैनिक सञ्चालन गर्न चाहिने एक चालक, इन्धन, सवारी बीमा, ब्लु बुक...