मेरो पालिका

कालीगण्डकी नदि थुनेर ८४४ मेगावटको आयोजना, ८४ अर्ब लागत अनुमान

काठमाडौं । पश्चिम नेपालको समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न थालिएको छ । विद्युत् विकास विभागले...

नारायणगढ–बुटवल सडकखण्डका १५ सय रुख काटिँदै, बन्दै चार लेनको सडक

चितवन । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि रुख काट्न शुरु गरिएको छ । मध्यवर्ती क्षेत्रमा पर्ने सडकका दुवै किनाराका रुख काट्न शुरु गरिएको हो । जिल्ला वनअन्तर्गत पर्ने स्थानका रुखहरु काट्ने काम सकिएको भए पनि कानूनी अड्चनका कारण मध्यवर्ती क्षेत्रमा पर्ने रुख काट्ने काम हुन...

धमाधम बिस्तार हुँदैछ मध्यपहाडी लोकमार्ग

पर्वत । कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो । गएको भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको नौ महिनाको अवधिमा काम सक्नुपर्ने बाध्यताका कारण निर्माण कम्पनीले तीव्र रुपमा कामलाई...

अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । पर्यटन विभागले ठेक्कामार्फत अन्नपूर्ण, नीलगिरि र तिलिचो पिक हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु गरेको हो । विभागका इञ्जीनियर सचिन्द्रदेव यादवले रु दुई करोड ५० लाखमा ठेक्का लिएको थानी–एनबी जेभीले पदमार्ग...

महांकालचौर, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा मेलम्चीको पानी, तपाईंको घरमा आयो ?

तस्बीर : अनामनगरस्थित सिंहदरवारको कार्यालय रहेको भवनमा मेलम्चीको पानी  काठमाडौँ । काठमाडौँ उपत्यका विभिन्न स्थानमा आजबाट मेलम्चीको पानी आउने भएको छ । उपत्काका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ । पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने...

विकास समितिले भन्योः ‘नारायणगढ–बुटवल सडक तोकिएका अवधिमा सम्पन्न गर्नु’

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण खण्डका रुपमा रहेको नारायणगढ–बुटवल सडक तोकिएका अवधिमा सम्पन्न गर्न जोड दिएको छ । सडक विभागका प्रतिनिधिसहित आज बसेको समितिको बैठकले सडक निर्माणमा रहेको समस्या समाधान गर्दै चाँडो निर्माण सकाउनुपर्ने औँल्याएको हो । समितिका सभापति कल्याणीकुमारी खड्काले सडक विभागलाई राजमार्ग...

स्वास्थ्य मन्त्रालयले भन्योः केहि दिन निर्माण कार्य रोकौं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहि दिन निर्माण कार्य रोक्न अनुरोध गरेको छ । उपत्यकामा बायु प्रदुषण बढेको भन्दै मन्त्रालयले केहि दिन धुला उड्ने पेशा, व्यवसाय तथा निर्माणका काम रोक्न भनेको हो । मन्त्रालयले केहि दिन मर्निङ वाक नहिड्न पनि अनुरोध गरेको छ । मन्त्रालयले केहि घर बाहिर...

सुन्दरी जल पुगेर बीना मगरले भनिन-“हाम्रो अथक मेहनतले मेलम्चीको पानी खाने सपना बल्ल पुरा भयो”

काठमाडौं । पूर्व खानेपानी मन्त्री बीना मगरले शुक्रबार मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरेकी छिन् । मेलम्ची खानेपानी आयोजना विकास समितिको विशेष निमन्त्रणामा सुन्दरीजल पुग्नुभएकी पूर्व खानेपानी मन्त्री मगरले उक्त प्रशोधन केन्द्रको अवलोकन गरेकी हुन । मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई खुवाउन आफ्नो कार्यकाल भरी अहोरात्र...

पानीको सतह घटेको भए पनि विद्युत् उत्पादनमा कुनै अवरोध नआउने

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको इन्द्रसरोवर जलाशयमा वर्षात्को समयमा पर्याप्त पानी नपर्नका कारणबाट ग्याप भरिन नसकेको भए पनि नियमित विद्युत् उत्पादन गर्ने कार्यमा कुनै अवरोध नहुने कुलेखानी जलविद्युत् आयोजनाले जनाएको छ । कुलेखानी जलविद्युत् प्रथम आयोजनाका प्रमुख धीरेन्द्रप्रसाद चौधरीले आज रासससँग सङ्क्षिप्त कुराकानी गर्दै इन्द्रसरोवर जलाशयमा आज अपराह्नसम्ममा...

बुद्धको अस्तुधातु रहेको रामग्राममा ६२ करोडको अत्याधुनिक पूर्वाधार

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकामा शहरी पूर्वाधार निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ । यसका लागि विश्व बैंकको सहयोगमा सञ्चालनमा आएको नेपाल शहरी शाहकीय र पूर्वाधार आयोजना र नगरपालिकाबीच सम्झौता भएको छ । उक्त आयोजनामार्फत रामग्रामलाई ६२ करोड २२ लाख अनुदान सहयोग प्राप्त हुनेछ...