मेरो पालिका

रक्सौल–काठमाडौँ रेलमार्ग ‘आउटडेटेड’ प्रविधिमा बनाउने निर्णय

काठमाडौं । सरकारले रक्सौलदेखि काठमाडौँसम्म ‘ब्रोड गेज’ रेलमार्गको निर्माण कार्य आगाडि बढाउन नेपाल सरकार र भारत सरकारबीच हुने समझदारीपत्रलाई स्वीकृत गरी त्यसमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरेको छ । ब्रोड गेज प्रविधिलाई संसारभर लोपोन्मुख प्रविधि मानिन्छ । अधिकांश देशहरुले विस्थापन गरिरहेको प्रविधिमै काठमाडौं–रक्सौल रेल बनाउन...

मकवानपुरमा सुरूभयाे लिफ्ट सिँचाइ

मकवानपुर । जिल्लाको मकवानपुरगढी गाउँपालिका–३ दाहालडाँडामा मुहान रहेको पानीलाई लिफ्टमार्फत सिँचाइ गर्न र गाउँमा पानी पिउनका लागि निर्माण भएको लिफ्ट सिँचाइ आयोजनाको आज उद्घाटन गरिएको छ । मकवानपुरगढी–४ का वडाध्यक्ष भागवत धिमिरेले उक्त आयोजनाको एक समारोहबीच उद्घाटन गर्नुभएको हो । वाग्मती प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत...

कालीगण्डकी नदीको १३५ किलोमिटर क्षेत्रमा पानीजहाज सञ्चालनका लागि सर्वेक्षण

पाल्पा । कालीगण्डकी नदीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि सर्वे गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालन गर्न छ वटा समूहले स्थलगत परीक्षण तथा सर्वे गरेको हो । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ । सरकारले नेपालका विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज सञ्चालन...

चैत ८ देखि १५ दिनका लागि सडक बन्द

पर्वत । सदरमुकाम कुश्मा बजारसँग जिल्लाका विभिन्न भाग जोडिने सिल्मी-ठूलीपोखरी-कार्किनेटा सडकमा १५ दिनका लागि सवारी आवागमन बन्द गरिने भएको छ । अधिकांश ठाउँमा कालोपत्र र सडकका केही ठाउँमा ढलान गर्नुपर्ने भएकाले यही चैत ८ देखि २३ गतेसम्म सवारी आवतजावत पूर्णरूपमा बन्द गरिने भएको हो । पूर्वाधार विकास कार्यालयले आरसिसी...

काठमाडौँ-तराई द्रुतमार्ग, मेलम्ची र बाहिरी चक्रपथ संसदीय  छलफलमा

  काठमाडाैं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकले अबका बैठकमा काठमाडौँ–तराई द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, बाहिरी चक्रपथलगायत पूर्वाधारका विषयमा सम्बन्धित संस्था र प्रतिनिधिसँग छलफल गर्ने योजना बनाएको छ । प्रतिनिधिसभा पुनः स्थापनापछि पहिलोपटक बसेको बैठकले नागरिकलाई प्रत्यक्षरुपमा प्रभाव पार्ने आयोजनामा छलफल गर्ने योजना बनाएको हो । अब...

वाग्मती सिँचाइ आयोजना बिस्तार हुँदै : अब धनुषा र महोत्तरी समेत समेटिने

सर्लाही । किसानको खेतमा सिँचाइ सुविधा पुर्याउनका लागि स्थापना भएको २७ वर्षपछि वाग्मती सिँचाइ आयोजनाको कामलाई बृहत् आयोजनाका रुपमा विकसित गर्ने प्रक्रिया शुरु भएको छ । साथै, रौतहट र सर्लाहीमा खेती सिँचाइको कार्य गर्दै आएको सो आयोजनाले धनुषा र महोत्तरी जिल्लामा समेत थप सिँचाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ...

तेस्रो चरण पेट्रोलियम पदार्थ उत्खननका लागि चिनियाँ टोली आउने

  दैलेख । पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केही समयपछि परेको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले तीव्रता पाउने भएको छ । विसं २०७६ असोजदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गतको पहिलो...

कालोपत्र हुँदै मध्यपहाडीको पूर्वी खण्ड, बाँकी खण्ड दुई वर्षभित्र

  पाँचथर । पुष्पलाल (मध्यपहाडी) राजमार्गको पूर्वी खण्ड कालोपत्रको चरणमा पुगेको छ । कूल ३८३ किलोमिटर लम्बाइको पूर्वी खण्डको सबै भाग ट्र्याक खोलिएको १० वर्षपछि कालोपत्रको चरणमा पुगेको हो । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पाँचथरका अनुसार पूर्वी खण्डमा पर्ने सबै उपखण्डमा कालोपत्रका लागि ठेक्का लागेको छ । सरकारी...

नेपाल र चीन जोड्ने सुरुङ मार्गको डिजाइन तयार, कहिले बन्छ ?

दोलखा । जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग(१२ किमी) निर्माण शुरु हुने भएको छ । लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सोका लागि यसै वर्षमा ठेक्का लाग्ने बताएका छन् । सडक विभागले उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको...

फास्टट्रयाकमा अनियमितता : जाग्यो सार्वजनिक लेखा समिति, रक्षा र सेनासँग ११ प्रश्नको जवाफ माग

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले तराई मधेस द्रुतमार्ग अन्तर्गत फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिताको सम्बन्धमा अध्ययन गर्ने भएको छ । तराई मधेस द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै समितिमा उजुरी...