मेरो पालिका

बालमैत्री घोषित मनहरीका ३ सय ५१ बालबालिका बालश्रममा

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको ४ वटा वडाको ३ सय ५१ जना बालबालिका बालश्रममा रहेको पाइएको छ । बालमैत्री गाउँपालिका घोषित यस मनहरीमा २, ४, ६ र ८ नम्बर वडाका ७ हजार १४ जना बालबालिकामा गरिएको सर्वेक्षणमा २ सय ३९ बालक र १ सय १२ बालिका गरी ३ सय...

गाउँमा पहिलो पटक एम्बुलेन्स आएसँगै मकरीका बासिन्दा हर्षित

मकवानपुर । गाउँमा एम्बुलेन्स आएसँगै मकरीका बासिन्दा हर्षित भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा १ मकरीमा पहिलो पटक एम्बुलेन्स आएसँगै स्थानीय बासिन्द हर्षित बनेको हो । मनहरी–१ का वडा अध्यक्ष शिवप्रसाद खनालको विशेष पहलमा आज अजयराज सुमार्गीले उक्त एम्बुलेन्स वडा कार्यालयलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष खनालले जानकारी दिए...

मकवानपुरको मनहरीमा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा

मकवानपुर । स्थानीयस्तरमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको वडा नम्बर ७ मा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । मनहरी गाउँपालिका तथा हेटौँडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको दुई महिनापछि सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको सो गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दुई जना कर्मचारी...

मकवानपुरको सिमभञ्ज्याङ–दामन क्षेत्रमा हिमपात

मकवानपुर । मकवानपुरको उत्तरी सिमभञ्ज्याङ–दामन क्षेत्रमा हिमपात सुरु भएको छ । थाहा नगरपालिकाको सिमभञ्ज्याङ–दामन क्षेत्रमा राति ८ बजेपछि हिमपात सुरु भएको स्थानीय विनोद लामाले जानकारी दिए । उनका अनुसार अहिले हिमपात भइरहेको छ । त्यसक्षेत्रमा दिउँसो पानी परेको थियो । रातपरेसँगै असिना पर्न सुरु भएको थियो । ‘अहिले हिउँ...

भीमफेदीका बासिन्दालाई जयराम लामिछानेले गरे पानीको पाइप सहयोग

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापति पदका उम्मेदवार जयराम लामिछानेले भीमफेदी गाउँपालिका वडा नम्वर ५ मा खानेपानीको लागि पाइप सहयोग गरेका छन् । मंगलबार उनले १५ सय मिटर खानेपानी पाइप स्थानीयलाई हस्तान्तरण गरेका छन्। ‘खानेपानीको पाइप फुटेर आक्रान्त भएपछि गाउँबासीले पानी खान पर्यो भनेर गुनासो गरे ।’ उनले भने...

हेटौंडाको मयुरधापमा ७९ लाख लागतमा पक्की सडक

मकवानपुर । हेटौंडा–१४ मयुरधापमा पक्की सडक निर्माणको शिलान्यास गरिएको छ । कुख्रेनी खोला देखि मयुरधाप सम्मको सडकलाई पक्की निर्माण गर्नका लागि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका छन् । बागमती प्रदेश सरकारको ७९ लाख रुपैयाँ लागतमा सडक निर्माण गर्न लागिएको हो । ६ मिटर चौडाई रहेको यस...

बालमैत्री गाउँपालिका बकैयामा १ सय ४७ बालबालिका अझै बालश्रममा

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका नेपालकै दोस्रो बालमैत्री गाउँपालिका हो । गाउँपालिकाले शनिबार बालमैत्री स्थानीय शासन अवलम्बन गरेको पहिलो बार्षिकउत्सव मनाउँदैछ । तर, बालमैत्री गाउँपालिकाका बालबालिकाहरु अझै विभिन्न कारणले बालअधिकारबाट वञ्चित छन् । बालमैत्री बकैया गाउँपालिकामै बालबालिका श्रममा रहेको पाइएको छ । विगत तीन बर्षदेखि बालअधिकारको क्षेत्रमा कार्यरत ग्रामीण...

बालमैत्री सहजकर्ता हटाइएकोमा मनहरीका तीन दलको आपत्ति

मकवानपुर । नेपालकै पहिलो बालमैत्री स्थानीय शासन घोषणा भएको मकवानपुरको मनहरी गाउँपालिकाले गर्भवती र सुत्केरी समेत रहेका बालमैत्री सहजकर्ता र कृषि प्राविधिकलाई बर्खास्त गरेको घटनाप्रति प्रमुख तीन राजनीतिक दलले आपत्ति जनाएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले शुक्रबार संयुक्त प्रेस विज्ञप्ती प्रकाशन गरी तत्काल...

मनहरी अस्पतालका १२ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि,ओपिडी सेवा बन्द

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिकाको मनहरी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीलाई कोरोना सङक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीहरुलाई कोरोना पुष्टि भए संगै जोखिम न्युzनिकरणको लागि अस्पतालको ओपिडि सेवा बन्द हुने भएको हो । गाउँपलिकाका प्रमुख प्रशाकीय अधिकृत हरिचन्द्र सापकोटाले एक सूचना जारी गर्दै जोखिमलाई मध्यनजर गर्दै पुस २९ गतेबाट एक...

स्वरोजगार बनाउन मकवानपुरगढीका युवातीहरुलाई ब्यूटिसियन तालिम

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको आयोजनामा २० जना युवतीहरुलाई तीन महिने ब्यूटिसियन तालिम दिइएको छ । विगतमा पशुपन्क्षी पालनमा तालिम दिँदै आइरहेको गाउँपालिकाले युवतीहरुलाई स्वरोजगार बनाउन तालिम प्रदान गरेको हो । गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले बिहीवार गाउँपालिकाभित्रका २० जना युवतीहरुलाई दिइएको तालिम उद्घाटन गरेकी छन् । गाउँपालिकाको लघु उद्यम विकास...