पत्रपत्रिका

मकवानपुरका अवैध क्रसर उद्योग बन्द गराउन गृहको परिपत्र

मकवानपुर । मकवानपुरभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योगहरुलाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई परिपत्र गरेको छ ।गृह मन्त्रालयले बुधवार जिल्ला प्रशासनलाई परिपत्र गर्दै अवैध रुपमा सञ्चालित क्रसर उद्योगहरु बन्द गराउन निर्देशन दिएको हो । मन्त्रालयले कानुन विपरित दर्ता नगरी तथा नवीकरण नभएका, संचालन अनुमति नलिई...

चालक अनुमतिपत्रको आवेदन बिचौलियाको कब्जामा

मकवानपुर । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिन सक्ने सङ्ख्यामा वृद्धि गरेको छ। मन्त्रालय मातहतका कार्यालयमा सवारीचालक अनुमतिपत्रको वर्ग थप र नयाँ आवेदन दिने सेवाग्राहीको चाप बढेपछि आवेदन दिन सक्ने सङ्ख्यामा (कोटा) वृद्धि गरेको हो। मन्त्रालयले मङ्गलबार साँझबाट लागू हुने गरी आवेदन दिन...

रोपाइँका लागि मल नआउने

नेपाल–भारतबीच भएको जीटुजी (सरकारदेखि सरकार) सम्झौताका मल वर्षे धान रोपाइँका लागि नआउने भएको छ । सम्झौता भए पनि भारतबाट तोकिएको समयमा मल आउने नआउने निश्चित नभएको बताइएको छ । तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव भारत गएर त्यहाँका सम्बन्धित मन्त्रीलाई भेटेर मल नेपाल ल्याउने सुनिश्चित गरेका थिए...

चामलको मूल्य बढ्यो

पछिल्ला एक सातामा चामलको मूल्य प्रतिबोरा १०० देखि ११० रुपियाँ बढेको छ । नेपालमा प्रतिबोरा १७ सयदेखि १९ सय रुपियाँसम्म चामल पाउने गरेको छ । भारतमा चामलको मूल्य बढेको हल्ला आउने बित्तिकै नेपालका व्यापारी मौज्दात रहेको चामलसमेत बढाउन थालेका हुन् । नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अनुसार...

ज्योतिषी हेराएर निर्वाचन मिति तय

सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश पठाएका हुन् । साउन पहिलो साता निर्वाचन मिति...

निजामती सेवा ऐन ल्याउने तयारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झन्डै तीन वर्षदेखि संसद्‍मै अड्किएको संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ। संघीय निजामती सेवा निजामती सेवालाई निर्देशित गर्ने ऐन हो। अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयक संसद्बाट पारित गरी ऐनको रूपमा ल्याउने कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम...

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा ९भिसा० दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए । नेपालबाट...

असारे भेलमा बग्दै विकास खर्च, एकै दिन १२ अर्ब ५४ करोड सकियो

मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि...

कांग्रेससँग सहकार्यका लागि एमालेका पुरानै सर्त

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना पूर्ववत् सर्तहरू पूरा भए एमसिसीमा अनिर्णीत नबस्ने र परिपक्व निकास दिने बताएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँगको छलफलमा एमाले अध्यक्ष केपी ओलीले त्यसका लागि आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा सर्त दोहोर्‍याएका छन् । एमालेले...

दुधको मूल्य बढाउने जिम्मा डीडीसीलाई

काडमाडौं । कृषि विकास मन्त्रालयले कच्चा दूधको उपभोक्ता मूल्य निर्धारण गर्न सहमति दिएको छ। मन्त्रालयले ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफका आधारमा मूल्य बढाउन दुग्ध विकास संंस्थान (डीडीसी)लाई अनुमति दिएको हो। ‘दूध प्रशोधनको वैज्ञानिक लागत, नागरिकको पहुँच, उपभोक्ताको हित, सामाजिक न्याय र संस्थाको सामाजिक उत्तरदायित्वको आधारमा मूल्य निर्धारण...