पत्रपत्रिका
काठमाडौं–तराई द्रुतमार्ग निर्धारित समयमा सम्पन्न गर्दै नेपाली सेना
काठमाडौं । काठमाडौं–तराई द्रुततमार्ग निर्धारित समयमा सम्पन्न गर्ने नेपाली सेनाले जनाएको छ । सेनाले बजेट अभाव हुनु नहुने, दैवी विपत्ति आउन नहुने, कानुनी अड्चन सिर्जना हुन नहुने, निर्माण व्यवसायीले सहयोग गर्नुपर्ने र सहायक निर्माताले निर्माण अवधिमै काम सक्नुपर्ने बताएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए । नेपाली...
कर तिर्न नसक्दा चीनबाट ल्याइएका १८ सार्वजनिक विद्युतीय बस भारतलाई बेचिँदै
काठमाडौं । भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी गरिएको छ । सुन्दर यातायात प्रालिले ल्याउन लागेका बस भन्सार तिर्न नसकिएको भन्दै भारतमा बेच्न लागिएको हो । सरकारले कर छुट भने पनि भन्सारमा यातायात दस्तुरलगायतका विभिन्न शीर्षकमा कर थप...
हिन्दुवादी पार्टी खोल्दै कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएको घोषणा गरेका कमल थापा नयाँ पार्टी खोल्ने गृहकार्यमा जुटेका छन्। नयाँ पार्टी खोल्ने विषयमा बुधबारबाट छलफल गरिने र केही दिनमा घोषणा हुने थापाका सहयोगी राजाराम बड्तौलाले बताए। उनका अनुसार नयाँ पार्टीले हिन्दु धर्मको अजेन्डालाई उच्च प्राथमिकतामा राख्ने भएको छ। राजतन्त्रको अजेन्डा राख्ने...
स्थानीय तहको कार्यतालिका एक–दुई दिनमा, मातदाता नामावली सङ्कलन आजबाट बन्द
काठमाडौं । निर्वाचन आयोगले मंगलबारदेखि मतदाता नामावली संकलन बन्द गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते निर्णय गरेसँगै भोलिदेखि मतदाता नामावली संकलन बन्द हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । प्रवक्ता पौडेलले निर्वाचन कार्यतालिका एक–दुई दिनमा सार्वजनिक गर्ने र...
हिन्दूवादी दल खोल्दै कमल थापा
काठमाडौं । १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेका कमल थापाको पक्षमा थिएन । उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १९९ मत अन्तरले पराजित भएका थिए । महाधिवेशनबाट पराजित थापाले हारलाई सहज रूपमा लिएनन् । उनले अध्यक्षमा विजयी लिङ्देनलाई सामाजिक...
बिजुलीको पोल सार्न नयाँ मापदण्ड
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्ने प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको जनाएको छ। कार्यविधिमा विद्युतीय संरचना स्थानान्तरण, प्राविधिक जाँच, स्वीकृति दिने अधिकारी, स्थानान्तरण...
एमसीसीबारे सबै सांसदलाई बोल्न दिइने
काठमाडौँ । एमसीसी संसद्मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ । सदन सञ्चालन नभएसम्म एसीसी टेबल गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृहकार्यमा सबै सांसदलाई बोल्न दिनुपर्ने गरी कार्यक्रम बनाइरहेका छन् । सरकारले माघ २६ गतेको बैठकमा एमसीसी सदनमा टेबुल गर्ने तयारी गरिरहेका बेला सभामुखले...
एमसीसीमा अवरोध गरेको भन्दै सभामुखलाई हटाउने तयारी
काठमाडौँ । प्रतिनिधिसभाको बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने तयारी थालिएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने विषयमा सहमति हुन नसकेपछि रातारात संसद्को बैठक स्थगित गरेको भन्दै सभामुखविरुद्ध प्रस्ताव ल्याउन लागिएको हो ।...
देउवाले भने – ‘एमसीसी पारित गरौँ’, प्रचण्ड र नेपाल आत्तिए !
काठमाडौँ । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि...
क्रिकेट खेलाडी वर्गीकरण : ए श्रेणीका पुरुषले ५० हजार पारिश्रमिक पाउदा महिलाले १५ हजार मात्रै !
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गरेको छ। क्यानको बिहीबार बसेको बैठकले महिला तथा पुरुष खेलाडीलाई सन् २०२२ का लागि सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो। पुरुषतर्फ ‘ए’ श्रेणीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी परेका...